बद्री पन्त
जाजरकोट २२, भदौ
जाजरकोटको ढिमे गाउँ विकास समिति वडा नम्बर ४, जचौरीगाउँमा मंगलबार दिउसो ४ बजे अरिङ्गालले टोकेर हस्तबहादुर तिरुवाका ६ बर्षका छोरा उमेश घाईते भएका छन् ।
घर नजिकै मेहेलको रुखमा रहेको अरिङ्गाल जिस्कीएर टोकेको बाबु हस्तबहादुरले बताए ।
घाईते उमेशको स्वास्थ्य चौकी पैंकमा उपचार भैरहेको छ । उनको अबस्था सामान्य रहेको छ ।
अरिङ्गालको टोकाईबाट स्थानीय जयबहादुर तिरुवाको घरमा बाँधेको एक भैंसी मरेको छ । एक भैंसी र तीन वटा बाख्रा घाईते भएको प्रहरी चौकी पाँचकाटीले जनाएको छ ।
यसअघि अरिङ्गालले टोकेर जिल्लाको पुन्मा ७ खातीगाँउका ५ बर्षिय रिजन पुन र ३ बर्षिया भावना पुनको मृत्यु भएको थियो भने ७ बर्षीय कविता पुन घाइते भएकी थिइन् ।
राराखबर । २०७३, २२ भाद्र बुधबार