सुर्खेतकी एक महिलाले तिम्ल्याहा बच्चा जन्माएकी छिन ।
भेरीगंगा नगरपालिका- ४, सुर्खेतकी लक्ष्मी खत्रीले बिहिवार प्रदेश अस्पतालमा तिम्ल्याहा बच्चा जन्माएकी हुन ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल आएकी उनको शल्यक्रियाद्वारा बच्चा निकालिएको डा. सजिप्ता पन्तले बताइन् ।
उनले ३१ हप्तामै अप्रेसनबाट बच्चालाई जन्म दिएकी हुन । डाक्टर पन्तले शल्यक्रिया गरेकी थिइन् । तीन जना बच्चाको स्वास्थ्य अवस्था सामान्य नै रहेको पनि उनले बताइन ।
पहिलो बच्चा १५०० ग्राम, दोस्रो बच्चा १६०० ग्राम र तेस्रो बच्चा १२०० ग्रामका छन ।
आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनले प्रत्येक एक मिनेटको अन्तरमा तीन छोरालाई जन्म दिइएकी थिइन् ।
दोस्रो र तेस्रो बच्चा उल्टो अवस्थामा भएको र दास्रो बच्चाको घाटीमा नावी बेरिएको अस्पतालले बताएको छ ।
लक्ष्मीका तीन जना छोरीहरु छन् ।
राराखबर । २०७७, ८ श्रावण बिहीबार