बद्री पन्त
जाजरकोट
जाजरकोटको बारेकोट गाउँपालिका ७, सुवाकोटकी २१ बर्षिया मनकुमारी परियारको स्वास्थ्य चौकी सेपुखोलामा सुत्केरी भएको ५ घण्टा पछि मृत्यु भएको छ ।
स्वास्थ्य चौकी सेपुखोलाकी अनमी मीरा शाहीले सामान्य अबस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समय पछि पेट दुखेर एकाएक प्रेसर बढेको कारण उपचार गर्दागर्दै मृत्यु भएको बताइन् ।
बच्चाको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
सेपुखोला स्वास्थ्य चौकीमा २०७५ देखि अहिलेसम्म ९ सय ९२ जना सुत्केरी आमाहरुले सेवा लिएका छन ।
राराखबर । २०७७, ७ श्रावण बुधबार