जाजरकोटमा कार्तिके महको उत्पादन घट्यो, किसान मर्कामा

बद्री पन्त
जाजरकोट २९, मंसीर ।
जाजरकोट जिल्लामा कार्तिके महको उत्पादन दुई तिहाईले घटेको छ । मौरीले मह लगाउने मौषम अनुकुल नहुनु तथा चरण क्षेत्रको अभाव हुदा महको उत्पादन घटेको हो ।
IMG_2623कार्यालले संकलन गरेको तथ्यांक अनुसार जिल्लामा यो वर्ष महको उत्पादन गत वर्षको तुलनामा ६० प्रतिशतले घटेको जनाएको छ ।
मौरीको लागि चरन क्षेत्रको अभाव, बनविनास, अतिक्रमण, जलवायु परिवर्तन वन जंगलमा पmलपmुल तथा चिउरीको रस पानीले बगाउदा लगाएत कारण बर्षेनी मह उत्पादन घट्े कार्यालयको भनाइ छ ।
गत बर्ष जिल्लामा ४७ मेट्रीक टन मह उत्पादन भएको जाजरकोटमा यस बर्ष ३० मेट्रीक टन मह उत्पादन भएको र यसबाट १ करोड ५० लाख महको कारोबार हुने बरिष्ठ कृषि विकास अधिकृत डा श्रीराम घिमिरले बताउनु भएको छ ।
जिल्लाको डा“डागाउ, लह“, खगेनकोट, मजकोट, भेरीमालिका नगरपालिकाको पिपे, मैदे लगाएत महको क्षेत्रमा मह उत्पादन घटेको हो ।
मह उत्पादन घटेपछि किसान मर्कामा परेका छन् । बन विनास, अतिक्रमण, जलवायु परिवर्तन लगाएतकारण बर्षेनी मह उत्पादन घट्ने गरेको मौरीपालक किसानको भनाई छ ।
गत बर्ष ४ सय ५० धार्नी मह उत्पादनबाट ४ लाख ५० हजार आम्दानी गरेका डाडागाउँ २ कल्पतका मौरी कृषक सेते बुढा यो बर्ष १ लाख ५० हजार पनि आम्दानी नभएको बताउनु हुन्छ । महको उत्पादन ३ चौथाइ घटेको बताउनु हुन्छ ।
जाजरकोटका ३ सय ५० ब्यबशायिक मौरी पालक किसान यतिबेला मर्कामा परेका छन् । मौरीमा विभिन्न रोगलाग्नु, प्राविधीक ज्ञानको कमी हुनु, चरन क्षेत्रको अभाव, आहारा नपाएर मौरी भाग्नु लगाएत समस्याले मह उत्पादन घटेको हो ।
गत असोजको लामा ेबर्षाले चिउरी फुलको रस र अन्यफुलको रस बगाउदा मौरीलाई आहार अपुग भएको हो । गतबर्ष प्रतिकिलोको ५ सय मुल्य पर्ने कार्तिके मह यो बर्ष ६ सय ५० किलो अर्थात १३ सय रुपैयाँ धार्नी पुगेको छ ।
कार्यालयले डाडागाउ, लह“, खगेनकोट, मजकोट र भेरीमालिका नगरपालिकाको पिपे, मैदलाई मह पकेट क्षेत्र बनाएको छ ।
मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको डाडागाउको कल्पतका ब्यबशायिक मौरी पालनबाट मनग्य आम्दानी गर्दै आएका किसान यो बर्ष निरास भएका छन् ।
डाँडागाउको कल्पतमा मात्र १ सय ५० घरपरिवारले व्यवशायीमौरी पालनगर्दै आएका छन् ।
जिल्लाभर ७ सय बढी किसानले ६ हजार मौरीघारबाट मह उत्पादनगर्दै आएका छन् । त्यस्तै जिल्ला कृषि विकास कार्यालयले यहा“को अर्गानिक चिउरी महलाई प्रबद्र्धन र बजारीकरण गर्न मह बर्ष २०७३ मनाएको छ ।
जाजरकोटमा नेपालको सबै भन्दा बढी चिउरीको शुद्ध प्राङ्गारी कार्तिके मह उत्पादन हुदै आएको कृषि विकास अधिकृत मुकेश रामजालीले जानकारी दिनुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया