सुर्खेत, २७ साउन ।
कुलत बिरुद्ध निर्माण गरिएको लघु फिल्म ‘किलर ः द गेम’ युट्युब मार्फत सार्बजनिक गरिएको छ ।
आई.के. मुभी प्रोडक्सन हाउसको ब्यानरमा निर्मित भुपेन्द्र पाण्डेयद्वारा निर्देशित उक्त फिल्म सुर्खेतका ८ ओटा गाविस र दैलेखका २ गाविसमा प्रोजेक्टरमार्फत प्रदर्शन गरिएको थियो ।
यस फिल्मको कथा भुपेन्द्र पाण्डेयलेनै लेख्नु भएकाे हाे । पाण्डेयले अब ‘पट्टु’ नामको अन्तरजातीय प्रेमकथामा आधारित सर्ट फिल्म निर्माण गर्ने जानकारी दिनुभयाे ।
पुरा फिल्म हेर्नुहोस्
राराखबर । २०७३, २७ श्रावण बिहीबार