सुर्खेत । सल्यानको कुमाख गाउँपालिका अध्यक्षलाई युवा परिषद्का उपाध्यक्षहरूले अनुरोध पत्र लेखेका छन् । देशैभरका स्थानीय तहका युवा परिषद्का कार्यकारी उपाध्यक्षहरूले सल्यानको कुमाख गाउँपालिकामा भएको युवा आन्दोलन र सरकार सँग भएको सहमतिहरू कार्यान्वयन गर्न तर्फ सरकार नलागी व्यक्तिगत रूपमा युवाहरूका आवाज उठाउने युवा आन्दोलनका संयोजक युवराज खड्कालाई बारम्बार प्रतिशोध पूर्ण व्यवहार कुमाख गाउँपालिकाले गरिरहेको अवस्थामा युवा परिषद्का उपाध्यक्षहरूले कुमाख गाउँपालिकाका अध्यक्षलाई अनुरोध गर्दै पत्र लेखेका हुन् ।
उनीहरूले नेपालमा २०७२ सालमा राष्ट्रिय युवा नीतिको निर्माण पश्चात् देशमा रहेको कुल जनसङ्ख्याको करिब ४२।५६ प्रतिशत जनसङ्ख्या रहेको युवाहरूका लागि काम गर्ने गरी सङ्घीय तवरमा युवा तथा खेलकुद मन्त्रालयको मातहतमा राष्ट्रिय युवा परिषद्, प्रदेश स्तरमा सम्बन्धित युवा हेर्ने मन्त्रालय मातहत प्रदेश युवा परिषद् र स्थानीय तहमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को अधिकार गरी स्थानीय युवा परिषद् सम्बन्धी ऐनको निर्माण गरी स्थानीय स्तरमा युवा परिषद् गठन गरेका छन् ।
यसरी गठन भएका युवा परिषद्हरूले युवाको सशक्तीकरण, क्षमता विकास, सामुदायिक सिप विकास तथा आवश्यक कार्यक्रम र कार्य योजना निर्माण गरी सरकारलाई सघाउने काम गरेका छन् । सल्यानको कुमाख गाउँपालिकामा पनि पालिकाले स्थानीय युवा परिषद् गठन सम्बन्धी ऐन २०८१ जारी गरी स्थानीय युवा परिषद्को जिम्मेवारी अथवा उपाध्यक्षको रूपमा गाउँ कार्यपालिकाले स्थानीय युवा अभियन्ता युवराज खड्कालाई मनोनीत गरेको थियो ।
तर त्यो भन्दा अगाडि युवाहरूले गाउँपालिकाको कार्यसम्पादनमा सुधार, सार्वजनिक सेवा प्रवाह सुधार तथा सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न पालिकाले कुनै भूमिका नखेलेको र यथाशक्य रूपमा ती कामहरू गर्नुपर्ने भनी युवाहरूले आन्दोलन गरेका थिए ।
आन्दोलन पश्चात् युवाहरू र सरकार पक्ष बिच विभिन्न विषयमा ८ बुद्धे सहमति भएको थियो । तर हाल आएर स्थानीय सरकारले ती सहमति कार्यान्वयन गर्नुको साटो उल्टो युवाहरूलाई तर्साउन कहिले स्पष्टीकरण सोध्ने कहिले जिल्ला प्रशासन कार्यालयमा मुद्रा दर्ता गर्ने , कहिले मान्छे अपहरण गर्यो भनेर झुट्टा प्रचार गरेर सरकार प्रतिशोध साध्ने काम गरेका कारण युवाहरूले पुनः आन्दोलित गरिरहेका छन् ।
यसै सन्दर्भमा स्थानीय सरकार अन्तर्गत देशका विभिन्न स्थानीय तहमा गठित युवा परिषद्का उपाध्यक्षहरूले सल्यानको कुमाख गाउँपालिकाले हाल युवाहरू विरुद्ध गरिरहेको कार्य र डराउने, धम्काउने जस्ता गतिविधि चिन्ताजनक रहेको र यथाशक्य यस्ता कुराहरूको अन्त्य गरी सहमति, सहकार्य र समन्वय मार्फत युवाहरूको अधिकार सुनिश्चित गर्न माग गर्दै पालिका अध्यक्षलाई इमेल मार्फत अनुरोध पत्र पठाएका छन् ।
उपाध्यक्षहरूले भनेका छन् युवा आन्दोलनको नेतृत्व गरेका युवा अभियन्ता खड्कालाई जसरी कुमाख गाउँपालिकाले प्रतिशोध साध्ने काम गरिरहेको छ त्यो अत्यन्तै रहेको आपत्तिजनक समेत रहेको बताएका छन्।

उक्त पालिकालाई देशभरका विभिन्न स्थानीय तह युवा परिषद्का कार्यकारी उपाध्यक्षहरूले कुमाख गाउँपालिकाको अध्यक्षलाई यस्तो अनुरोध पत्र लेखेका छन् ।



राराखबर । २०८१, १० फाल्गुन शनिबार