दुर्गममा स्वास्थ्य शिविर, ८ सयलाई लाभ

बद्री पन्त
जाजरकोट २१, फागुन
नलगाड नगरपालिका ३, कैना, जाजरकोटमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ८ सय विरामीले लाभ पाएका छन् । दुर्गम गाउमा आयोजना भएको उक्त शिविरमा स्थानीय बासिन्दाले पाठेघर खस्ने, मुटु, अपाङ्गता, बालरोग, दम, दा“त लगायत रोगको उपचार सेवा पाएका हुन् ।


विंग्स फाउण्डेसन र नेपाल अर्वुद्ध रोग निवारण संस्था सुर्खेतको सहयोगमा शिविर आयोजना भएको हो । शिविरमा पाठेघर खसेका दुई सय महिलाले उपचार सेवा पाएका छन् । पाठेघर खसेका डेड् महिलाको रिङ्ग प्रेसरी राखेको डा नवराज केसीले बताए । पाठेघर खसेका ३० जना महिलालाई अप्रेसनको लागि सुर्खेत रिफर गरेको डा.केसीले बताए । उनले एक सय ३० जना महिलाको पाठेघरको क्यान्सरको स्क्रीनिङ्ग गरेको उनले बताए ।


बालबालिकाको स्वास्थ्य, कुपोषण लगायतको जा“च समेत गरी मुटुमा प्वाल भएका र अपाङ्गता भई हिड्डुल गर्न नसक्ने अवस्थामा रहेका बाललालिकालाई थप उपचार तथा अभ्यासको लागि सुर्खेत रिफर गरेको उनले बताए ।


त्यस्तै कुपोषित अवस्थामा रहेका ड्ड् दर्जन बालाबालिकालाई पोषण पुर्नस्थापना गृह सुर्खेत रिफर गरेको डा केसीले बताए । दुर्गम गाउका जनतालाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिन पाउदा खुशी महशुस गरेको डा केसीले बताए । उनले स्वास्थ्य सम्वन्धी जनचेतनामूलक अभियानमार्फत बषैंदेखि रोग पालेर बसेका मानिसलाई उपचारको लागि प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् ।


शिविरमा आएका महिलामा पाठेघरको इन्फेक्सनको समस्या, पोषणको कमी, कष्टकर जीवन शैली लगायत समस्याहरु र बालबालिकामा कुषोषण, मुटु सम्वन्धी रोग, अपाङ्गताको समस्या बढी देखिएको डा.केसी वताउछन् ।

८ बर्षदेखि पाठेघरको समस्याले सताएकोमा शिविरबाट उन्मुक्ति पाएको नलगाड नगरपालिका ३ की धनसरी पुनले बताइन् । शिबिरमा महिला डाक्टरस“ग समस्या बताउन सकेको र यस अघि लाजले कसैलाई भन्न नसक्दा समस्या व्यहोर्दै आएको उनले बताइन् । रिङ प्रेसरी हालेपछि समस्या समाधान भएको उनले बताइन् ।


घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पाउदा दुर्गम गाउका बासिन्दालाई लाभ भउको पुनले बताइन् । दुई दिनसम्म संचालन भएको शिविरमा प्रदेश अस्पताल सुर्खेत, नेपाल बाल पोलि क्लिनिक सुर्खेत र हिमाल डेन्टल क्लिनिक सुर्खेतले प्राविधिक सहयोग गरेको बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तले बताए । शिविर संचालनका लागि प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर केसीले नेतृत्वमा एकजना विदेशी डाक्टरसहित दुई दर्जन स्वास्थ्यकर्मी सहभागी भएको पन्तले बताए । शिविर आयोजनाका लागि पत्रकार पन्तले सकृयता देखाएका थिए ।


सहयोगी हात तथा समाजसेवीको ब्यक्तिगत लगानीमा शिविरको आयोजना गर्न सफल भएको पन्तले बताए । शिविरका लागि विंंग्स फाउण्डेसनका अध्यक्ष समेत रहेका बालरोग विशेषज्ञ डा.केसीले २ लाख, बेलायतमा बस्ने पर्यटनविद् विशु सिंजाली एक लाख, अमेरिकामा रहेका प्रेम रोकायले २० हजार, नलगाडबासी युवा गगन रानाले २० हजार, अमेरिकामा बस्ने जयन्ति थापाले १५ हजार, सुर्खेतकी महिला उद्यमी बिन्दु नेपाल १० हजार र बेलायतमा रहेकी अन्जु कार्कीले १० हजार रुपैया सहयोग गरेका थिए ।


ब्यक्ति चन्दाबाट उठेको उक्त रकमले औषधी किन्ने, महिलाको पाठेघरको क्यान्सर परिक्षण गर्ने किट किन्ने, रिंग पे्रसरी किन्ने, यातायात खर्च लगायतमा खर्च भएको पत्रकार पन्तले जानकारी दिएका छन् । निःशुल्क स्वास्थ्य शिविरमा पा“च लाख रुपैया“ खर्च भएको उनले बताए । कैना र टट्टाका बासिन्दाले शिविरमा खाना तथा वस्नको ब्यवस्था गरेका थिए ।


त्यस्तै उक्त शिविर मार्फत आधा दर्जन विद्यालयले ५० हजार मुल्य पर्ने पानी शुद्धिकरण गर्ने क्लोरिन मेकर मेसिन निःशुल्क पाएका छन् । नलगाड नगरपालिका स्थित कैलास कन्या आधारभुत विद्यालय कट्के, करुणादय प्राथमिक विद्यालय करुवा, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय चावलेचौर, सूर्योदय माध्यामिक विद्यालय कैना, निर्मल ज्योति आधारभुत विद्यालय थाप्ला र भानुभक्त माध्यामिक विद्यालय लह“लाई उक्त मेसिन वितरण गरेको उनले बताए ।


शिविरमा नलगाड नगरपालिका टट्टा, करुवा, कट्के, पिउली, भारगाउ, गर्छिना, थाप्ला, कोटीगाउ, लह“, बाउसेखोला, खनटाकुरा, पोखरा, ऐरारी, रघुनाथ, डँडागाउ लगायत गाउका बासिन्दाले लाभ लिएका थिए ।

दुर्गम गाउमा आयोजना भएको निःशुल्क शिविरबाट स्थानीयले लाभ पाएको नगरप्रमुख टेकबहादुर रावलले बताए । उनले अन्य स्थानमा पनि विशेषज्ञ सेवासहितको शिविर आयोजना गर्न आग्रह गरेका छन् ।


खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका कर्णाली प्रदेश अध्यक्ष कुलमणी देवकोटाले स्वास्थ्य र सररफाई सम्वन्धी रणनीतिक योजना बनाएर अघि बढ्न नगरपालिकालाई सुझाव दिए ।


प्रदेश अस्पतालमा कार्यरत डाक्टर नवराज केसीले दुर्गम गाउँका जनतालाई घरदैलोमै आएर स्वास्थ्य सेवा दिन पाउँदा खुशी लागेको बताए । उनले स्वास्थ्य सम्वन्धी जनचेतनामूलक अभियानमार्फत बषैंदेखि रोग लुकाएर बसेका मानिसलाई उपचारको लागि प्रेरित गर्नुपर्नेमा जोड दिए ।


नेपाल अर्वुद्ध रोग निवारण संस्था सुर्खेतका अध्यक्ष तेजकुमारी जिसीले पाठेघरमा क्यान्सर हुन सक्ने भएकोले लाज नमानी समय समय चेकजाँच गर्न महिलाहरुलाई सुझाव दिइन ।

शिविरमा खाना र वस्नको सहजीकरण टट्टाका समुदायले गरेका थिए । स्वास्थ्य केन्द्र कैनामा हुने शिविरको समन्वय नागरिक कृषि तथा पशुपालन सहकारी संस्था, नलगाड –४ लहँ र पिशान्त एग्रो फार्म, नलगाड – ३ कट्केले गरेका छन् ।


नलगाड नगरपालिका ३ कैनामा पहिलो पटक भएको निशुल्क स्वास्थ्य शिविरवाट टट्टा, करुवा, कट्के, पिउली, भारगाउँ, गर्छिना, थाप्ला, कोटीगाउँ, लहँ, बाउँसेखोला, खनटाकुरा, पोखरा, ऐरारी, रघुनाथ, डाँडाँगाउँ, सहित नलगाड नगरपालिकाका सवै बासिन्दाले लाभ लिएका थिए ।


जाजरकोटको कैनापछि मेरो देशको परिवर्तन मेरै सहयोग बाट भन्ने सोचका साथ विंग्स फाउण्डेसनको अगुवाइमा दैलेख, सुर्खेत, कालिकोट र हुम्ला लगायतका जिल्लामा पनि निःशुल्क स्वास्थ्य शिविर गर्ने कार्यक्रम फाउण्डेसनका अध्यक्ष डा. केसीले बताए ।


नलगाड नगरबालिका ३ का अग्रज समाजसेवी तुलबीर पुनको अध्यक्षमा भएको कार्यक्रममा स्थानीय समाजसेवी मिश्रीबहादुर पुन, मनबहादुर बिष्ट, औंसी घर्ती, शेरबहादुर ओली लगायतले निशुल्क स्वास्थ्य शिविर जस्तो पवित्र काम गरेकोमा हृदयदेखि नै धन्यवाद तथा आभार व्यक्त गरेका थिए । कार्यक्रमको संचालन समाजसेवी गगन रानाले बताए । तस्वीरहरु दीपबहादुर घर्ती, गगन राना, तेजकुमारी जिसी, प्रभा सिंह, विनोद ढकाल, दिपक गौतम, विशु सिजाली, रिता पुन मगर ।।




फेसबुकबाट तपाईको प्रतिक्रिया