लवकुशको पहलमा सुविधायुक्त विद्यालय भवन

बद्री पन्त
जाजरकोट, १७ बैसाख ।
जाजरकोटको नलगाड नगरपालिका २ डाँडागाउँको रिजामा राउड टेबुल नेपालले आधुनिक सुविधायुक्त विद्यालय भवन निर्माण सुरु गरेको छ ।


युवा समाजसेवी दुई दाजुभाई लव ओली र कुश ओलीको विशेष पहलमा जनक आधारभूत विद्यालयको ८ कोठे पक्की भवन निर्माण सुरु भएको हो । उनीहरु लामो समयदेखि समाज सेवामा सक्रिय छन् । केही वर्ष विदेश बसेर घर फर्केका यि जुम्ल्याह दाजुभाई धेरै युवाको लागि प्रेरणाका स्रोत पनि हुन ।


पहाडी जिल्लाका विद्यालयलाई सहयोग गदै आएको राउड टेवलले एक करोड ५ लाख रुपैयाको लागतमा दुई तले पक्की भवन निर्माण गर्न लागेको पहलकर्ता युवा लव ओलीले बताए । चार महिनाभित्रै विद्यालय भवन निर्माण सम्पन्न हुने गरी भवन निर्माणको काम तिव्र गतिमा भैइरहेको पनि उनले जानकारी दिए ।


केही समय अघि आफुहरुले संचालन गरेको लवकुश आर्गनिक हर्वल एग्रो फर्ममा इन्टनसिप गर्न आएका काठमाडौ विश्वविद्यालयका विद्यार्थीमार्फत उक्त संस्थासँग सम्वन्ध जोडिएपछि विद्यालय भवन निर्माणमा सहयोग पुगेको उनीहरुले बताए ।


भवन निर्माणको लागि स्थानीय बासिन्दाले आ आफ्नोतर्फबाट सक्दो सहयोग र समन्वय समेत गरिरहेको पहलकर्ता लव ओलीले बताए ।
आधुनिक सुविधायुक्त भुकुम्प प्रतिरोधी विद्यालयको भवन निर्माण हुने भएपछि गाउँलेहरु पनि खुशी भएका छन् ।  गाउँलेले जिर्ण अवस्थामा रहेको विद्यालयलाई नयाँ जीवन दिन आवश्यक पहल गरेकोमा लवकुश दाजुभाईप्रति आभार समेत व्यक्त गरेको विद्यालयका प्रधानाध्यापक जयबहादुर ओलीले बताए । स्थानीय सरकारले समेत गर्न नसकेको काम गरेको भन्दै सवैतिर उनीहरुको खुलेर प्रशंसा भैइरहेको पाइन्छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया