बडीविल्डीङमा कर्णालीबाट महिलाको सहभागीता

सुर्खेत, १७ वैशाख ।
काठमाडौंमा हुन लागेको मिष्टर हिमालयन बडीविल्डीङ प्रतियोगीतामा पहिलो पटक कर्णाली प्रदेशबाट महिलाको सहभागीता हुने भएको छ । ५५ केजी तौल समूहमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै वीरेन्द्रनगर–६ कि श्रुती कार्कीले प्रतियोगीतामा सहभागीता जनाउने भएकी हुन् ।


मिड वेष्टर्न फिटनेश सेन्टरमा आवद्ध कार्कीले यहीँ २० र २१ गते काठमाडौंमा हुने ‘मिष्टर हिमालयन बडीविल्डीङ प्रतियोगीता–२०१९’ मा सहभागीता जनाउन लागेकी हुन् । ‘पहिलो पटक कर्णालीबाट प्रतियोगीतामा महिलाको सहभागीता हुँदैछ’ सेन्टरका अध्यक्ष प्रमोद हमालले भने, ‘यो कर्णालीका लागि ठूलो उपलब्धी हो ।’
यस्तै सो प्रतियोगीतामा सुरेन्द्र थापाले पनि सहभागीता जनाउने छन् । उनी ७५ केजी तौल समूहमा सहभागी हुने छन् । थापा हालै सम्पन्न आठौं राष्ट्रिय शारिरिक सुगठन प्रतियोगीतामा दोस्रो भएका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया