बालरोग बिशेषज्ञ डा. नवराज केसी सम्मानित

सुर्खेत, ११ कार्तिक ।
दुर्गम गाउँमा गएर बालवालिकाको उपचार गदै आउनु भएका मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर नवराज केसी सम्मानित हुनु भएको छ ।
सुर्खेत, जाजरकोट लगायत विभिन्न जिल्लाका दुर्गम गाउँ वस्तीमा पुगेर बाल स्वास्थ्य शिविर मार्फत बालबालिकाको निशुल्क उपचार गरेको भन्दै लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोले उहाँलाई सम्मान गरेको हो ।
क्लवले शनिवार बीरेन्द्रनगरमा डा. केसीलाई सम्मान गरेको हो । जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका २ छेप्कामा पुगेर डा. केसीले बालबालिकाको उपचार गर्नु भएको थियो ।


लइन्स क्लव अफ सुर्खेत सेरोफेरो र नेपाल बाल पोली क्लिनिक सुर्खेतले छेप्कामा निुशल्क बाल स्वास्थ्य शिविर गरेका थिए ।
डा. केसीले सुर्खेतका विभिन्न गाउँमा व्यक्तिगत खर्चमा निशुल्क बाल स्वास्थ्य शिविर गर्नु भएको छ ।
जाजरकोटको दुर्गम गाउँमा पुगेर बालवालिकालाई उपचार गरेकोले डा. केसीलाई सम्मान गरिएको क्लवका अध्यक्ष युवराज पौडेलले बताउनु भयो ।
दुर्गम गाउँमा डाक्टर जान नमानि रहेको अवस्थामा डाक्टर केसी पुगेर वालवाकिलको उपचार गर्नु प्रशंसनिय काम भएको पनि उहाँले उल्लेख गर्नुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया