चितुवाको छालासहित दुई जना प्रक्राउ

20260625_191933-1

तस्वीर भावुक योगी

बर्दिया १२, असार ।
चितुवाको छाला सहित बर्दियाको भुरीगाउँवाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मध्यपश्चिम अनुसन्धान आरआइटीको समुह नेपालगंजको टोलीले कैलालीको लम्की चुहा नगरपालिका १ का १९ वर्षिय कमल शाही र १८ वर्षिय लोकजन बिकलाई छालासहित शनिवार वेलुका पक्राउ गरेको हो ।
प्लाष्टिकको झोलामा छाला राखेर पैदल हिडरहेको वेला भुरीगाउँ बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जंगली जनावरको अंग ओसारपसार भईरहेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरीको विशेष टोलीले कैलालीबाट पिछा गर्दै ईलाका प्रहरी कार्यालय भुरीगाउँको सहयोगमा पक्राउ गर्न सफल भएको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दिया राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया