सूनचाँदी व्यावसायीबाट यसरी ठगिन्छन उपभोक्ता

IMG_3721बद्री पन्त
जाजरकोट २०, असार
के तपाई सुनचाँदीका गरगहना किन्दै हुनु हुन्छ ? ख्याल गर्नु होस है । कतै तपाई ठगिदै हुनु हुन्छ कि ? सुनचाँदी व्यवसायीहरुबाट उपभोक्ताहरु व्यापक ठगिदै आएको रहस्य खुलेको छ जाजरकोटमा । आइतबार गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगन्जबाट आएको टोलीले गरेको अनुगमनबाट यस्तो रहस्य खुलेको हो ।
जाजरकोट सदरमुकाम खलंगामा संचालित एक दर्जन बढी सुनचाँदी व्यवसायीहरुबाट उपभोक्ता ठगीदै आएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगन्जबाट आएको टोलीले गरेको अनुगमनमा सुनचाँदी व्यवसायीले नाप तौल गर्ने काँटा मापदण्ड विपरित सन्चालन गरेको भेटिएको छ ।
IMG_3739क्षेत्रीय कार्यालय नेपालगन्जका सहायक निरिक्षक गुरुप्रसाद पोखरेलको टोलीले सुनचाँदी पसलमा अनुगमन गर्दा नेपाल सरकारबाट मान्यता विपरितका काँटा प्रयोग गरेको पाईएको बताएको छ । नापतौल विभागको छाप लागेका डिजिटल काँटा प्रयोग गर्नुपर्नेमा सुन चाँदी व्यवसायीले नक्कली चिनीयाँ काँटा प्रयोग गरेको अनुगमनका क्रममा भेटिएको हो ।
गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगन्जका सहायक निरिक्षक पोखरेलले व्यवसायीहरुलाई नयाँ काँटा किनेर ७ दिन भित्र क्षेत्रीय कार्यालयमा उपस्थित हुन निर्देशन दिएको बताए । अनुगमन गरिएका ११ वटा सुनचाँदी पसलमा एलिना रुकुमेली ज्वैलर्स र जगत ज्वैलर्सले मान्यता प्राप्त काँटाको प्रयोग गरेपनि गुणस्तर तथा नापतौल विभागबाट अनुमती नलिएर चलाएको पाइएको सहायक निरिक्षक गुरुप्रसाद पोखरेलले उल्लेख गरे । अनुगमन टोलीले सदरमुकाम खलंगामा रहेका १६ सुनचाँदी पसलहरु मध्य ११ वटामा अनुगमन गरेको छ । विकास ज्वैलर्स, दीप ज्वैलर्स, पूणिमा सुनचाँदी पसल, न्यू रुकुमेली उमंग ज्वैलर्स, विष्णु सुनचाँदी पसल, रमेश ज्वैलर्स, तिलक ज्वैलर्स, जगत ज्वैलर्स, एलिना रुकुमेली ज्वैलर्स, बिरेन्द्र ज्वैलर्स र न्यू मिथिला ज्वैलर्स लगाएतका सुनचाँदी पसलहरुमा अनुगमन गरिएको थियो ।
IMG_3806अनुगमन टोली आउने थाहा पाएपछि कतिले पसलनै बन्द गरेका थिए । जिल्लामा सुनचाँदी व्यवसायीहरुबाट दैनिक उपभोक्ताहरु व्यापक ठगिदै आएको भन्दै स्थानीयले टोलीसंग कडा कारबाही हुनु पर्ने माग गरेका छन् । सदरमुकाम भित्रै सुन किन्ने उपभोक्ताहरु दिनडाहडै ठगिन्छन भने दुर्गम गाउँको अबस्था के होला पत्रकार जनक सिंहले बताए ।
नापतौल ऐन २०२५ को कानुनी प्रावधान अनुसार डिजिटल काँटाको एकुरेसी १० मिलीग्राम हुनुपर्ने र ६०० ग्राम डिजिटल काँटामा २०० ग्राम (बुलियन ढक÷पितलको ढक) राख्नु पर्ने प्रावधान रहेको र ३०० ग्रामको काँटामा १०० ग्राम बुलियन ढक राख्नु पर्ने कानुनी प्रावधान रहेको निरिक्षक गुरुप्रसाद पोखरेलले जानकारी दिनु भएको छ । यसमा गुणस्तर तथा नापतौल e -10mg कार्यालयबाट जाँचपास भएका काँटाहरु हुनु पर्ने निरिक्षक पोखरेलको भनाइ छ । सुनचाँदी किन्दा काटमा १९९.९९० र २००.०१० नम्बर लेखेको हुनु पर्छ पोखरेले बताउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया