जाजरकोटका सुनचाँदी व्यवसायीले माफी मागे

जाजरकोट २५, असार ।
असार १९ गते समाचार लेखेकै आधारमा पत्रकार बद्री पन्त र जनक सिंहलाई ज्यान मार्ने धम्कीदिने जाजरकोटका सुनचादी व्यवसायीले माफी मागेका छन् ।
शुक्ररबार जिल्ला प्रहरी कार्यालयको रोहवरमा व्यवसायीले अन्जानमा गल्ती भएको भन्दै क्षमा याचाना गरेका हुन ।
उनीहरुले आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता गर्दै लिखित कागज समेत गरेको छन ।
अबको केहीदिनमै सरकारले तोकेको मापदण्ड अनुसार डिजिटल काकाँटाको प्रयोग गर्ने लिखित प्रतिबद्धता समेत गरेपछि सहमती गरेको पत्रकार महासंघ जाजरकोटले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया