डिआइजी माधव नेपालको एम्बुसमा पर्दाको त्यो क्षण …

27

मध्यपश्चिमका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी माधव नेपाल ।

कयौ पल्ट मृत्युलाई पनि जिते…
मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधव नेपालले कर्तव्य पालनको सिलसिलामा कयौ पल्ट मृत्युलाई पनि जित्नु भएको छ । शसस्त्र युद्धको क्रममा उहाँ धेरै पटक ठुला घटनामा परेर जोगिनु भयो । २०६१ सालमा स्याङजाको प्रहरी प्रमुख डिएसपी हुँदा उहाँ ठुलो घटनामा परेर वाँच्नु भयो । एक पल्ट वालिङवाट सदरमुकाम फर्किने क्रममा उहाँको टोली एम्वुसमा पर्यो । नेपाली सेनाको मेजरको गाडी पनि सँगसगै थियो । तर सेनाको गाडी कट्न वित्तिकै उहाँको गाडी एम्वुसमा पर्यो । जिल्ला प्रहरी कार्यालय पुग्नु भन्दा ५÷७ किलोमिटर यता वीच जंगलमा पुग्दा उहाँको गाडीमाथी दुईतिरवाट फाइरिङ्ग गरियो । सेनाको गाडी सदरमुकाम गईहाल्यो ।
४ जना प्रहरी, ४ थान हतियार र २ सय राउण्ड गोली थियो । फायर गर्नेहरु करिव ५० जना जति थिए । र उनीहरुसँग हतियार पनि धेरै थियो । लगायतार फायर भैइरहेको थियो । लडेर वाँच्ने अवस्था थिए । किनकी उहाँको टोली पनि ठुलो थिएन । धेरै गोलीगठ्ठा पनि थिएन । अध्यारो भैइसकेको थियो । ब्याक सपोर्टको लागि पनि तत्कालै अर्को टोली आउने सम्भावना समेत थिएन । त्यस्तो अवस्थामा उहाँले गाेली वचाउने र सुरक्षित हुने उपाय अपनाउनु भयो । एउटा मात्रै फायर गर्नुभयो ।
गाडीको सेटले तत्कालै पोखराको डिआइजी ज्ञानेन्द्रविक्रम महतसगँ कन्ट्याक गर्नूभयो । गाडीको सेटले जुनवेला पायो त्यतिवेला, जहाँवाट पायो त्यहीवाट सम्पर्क गर्न निकै कठिन हुन्थ्यो । उहाँले भन्नुभयो आखिर अवस्था हुन थालेपछि जय दुर्गे माता भन्दै पोखराको डिआइजी सापलाई कल गरे । अन्तिम अवस्थामा परेर मैले कल गरेको थिए । संयोग कस्तो पर्यो भने एकै कलमा डिआइजी सापले रोजर भन्नुभयो । अनि मैले सवै कुरा वताउदै हेलिकप्टेर पठाउन भने ।
हेलिकप्टेर पनि भनेको वेला पाउदैनथ्यो । धेरै समय कुर्नु पथ्र्यो । तर संयोग कस्तो परेछ भने डिआइजी महत त्यतिवेलै वाहिर जिल्लावाट हेलिकप्टेरमा पोखरा विमानस्थलमा झदै गर्नु भएको रहेछ । डिआइजी भर्खर हेलिकप्टेरवाट विमानस्थल झर्नु, मैले कल गर्नु, हेलिकप्टर उतिखेरै उपलव्ध हुनु भनेको दैवि संयोग हो । जो कोहीले यो पाउँदैनन डिआइजी नेपालले भन्नुभयो । मैले भन्न वित्तिकै हेलिकप्टेर उडाइदिनुभयो । पोखरावाट ५÷७ मिनेटमै त्यहाँ नौडाँडामाथी हेलिकप्टेर आयो । हेलिकप्टेर आएको देख्न वित्तिकै मलाई एम्वुसमा पार्नेहरु भाग्नुभयो । अनि म र मेरो टोली ठुलो घटनावाट जोगियो । त्यसैले फोर्समा वुद्धि चाहिन्छ । कहिलेकाही फायर नखोल्दा पनि लडाई जितिन्छ । भगवानको साथ चाहिन्छ ।
२०६२÷६३ सालको जनआन्दोलनको वेला उहाँ बारामा कार्यरत हुनुहुन्थ्यो । क्याम्प नै खडा गरेर वारामा गाँजा फाँडियो । सिडियो लगाएतको टोलीले क्याम्पै खडा गरेर गाँजा फाडेरको थियो । गाँजा फाडेर सदरमुकाम फर्किने बेला डिआइजी नेपाल चढेको गाडी विस्फोटमा पर्यो । बमले गाडी छेड्यो । पछाडि वसेका ४÷५ जना प्रहरीहरु सक्त घाइते भए । उनीहरुको खुट्टा नै फ्याक्चर भयो । डिआइजी माधव नेपालको दुई वटा खुट्टाको वीचवाट छत छेडेर बम वाहिर गयो । गाडीका चारवटै पाग्रा पन्चड भए । तर उहाँलाई केही भएन । चारवटै टायर पन्चड भएको गाडीलाई घिसादै उहाँले एक किलोमिट टाढा रहेको वजारसम्म पुर्याएर सवैलाई मृत्युको मुखवाट जोगाउनु भयो ।
युद्धको अनुभव सुनाउदै डिआइजी नेपाल भन्नुहुन्छ युद्धको वेला हामी कुनै पनि रात हामी सुतेनौ । प्रमुख जिल्ला अधिकारी देखि सवै सुरक्षा निकायका व्यक्तिहरु सगँ वस्थ्यौ । मिलेर काम गथ्यौ ।
पहिलो पटकमै इन्सपेक्टर…
प्रविणता प्रमाण पत्र तह पास गर्न वित्तिकै लोक सेवा खुल्यो । उहाँले सहायक लेखापालमा नाम निकाल्नु भयो । अनि शिक्षा मन्त्रालयको जागिरे जीवन सुरु भयो । जागिर खादाखादै स्नातक तह पास गरेपछि अधिकृत र प्रहरीको इन्सपेक्टरमा फर्म भर्नुभयो । त्यतिखेर डिआइजी नेपाल पढाइमा अव्वलै हुनुहुन्थ्यो । सहायक लेखापालको परिक्षामा २ पटकमा पास गरेपनि इन्सपेक्टर भने उहाँ पहिलो पटकमै हुनुभयो । २०४२ सालदेखि २०४४ साल चैत्र २८ गतेसम्म शिक्षा मन्त्रालयमा जागिर खाएपछि २०४५ साल बैसाख १ गतेदेखि उहाँ इन्सपेक्टर हुनुभयो ।
नाटकिय मोड …
एसएलसी पास गर्न वित्तिकै उहाँलाई गाउँकै विद्यालयमा शिक्षक वनाउने चाहाना गाउँलेहरुको थियो । तर उहाँले यसमा आफनो भविस्य देख्नु भएन । अनि थप अध्ययनको लागि घरवाट भाग्नु भएको थियो । काठमाडौमा पढदै गर्दाको एउटा घटनाले उहाँको जीवनमा नाटकिय मोड लियो । एउटा प्रहरीको रुखो व्यवहारको कारण पाल्पाको एउटा समान्य परिवारमा जन्मे हुर्केका उहाँको प्रहरी जीवनको यात्रा तय भयो ।
घर पाल्पा भएपनि उहाँहरुको खेत भने वुटवलमा थियो । काठमाडौ पढदा एक पटक वुटवलवाट २ वोरा चामल लिएर जानुभयो । काठमाडौको पुराना वसपार्कमा वसवाट झार्दा एक मोहर वा एक रुपैया लाग्नेमा झार्नेवालाले उहाँसँग ५ रुपैया लियो । अन्याय परेको ठानेर नजिकै रहेको प्रहरीलाई गुहानु भयो । तर प्रहरीले वास्थै गरेन । बरु उल्टै तिर्नुपर्छ । चामल ल्याएर खाने । के मतलव भन्दै उहाँलाई हप्कायो । अन्यायमा परेपछि सहयोग मागेकोमा प्रहरीले उल्टै रुखो व्यवहार गरेपछि उहाँको मनमा असल प्रहरी बनेर अन्यायमा परेका व्यक्तिको सेवा गर्ने भावना पलायो । खराब हैन असल प्रहरी भएर अन्यायमा परेका मान्छेलाई सहयोग गर्नुपर्छ भन्ने भावना जागृह भयो अनि कसिएर पढे । जसरी पनि प्रहरी हुन्छु भन्ने अठोट लिए अनि इन्सपेक्टर भए । अहिले डिआइजीसम्म आइ पुगेको छु नेपालले भन्नुभयो ।
प्रहरीको सम्मानमा आँच आउन दिइन…
इन्सपेक्टरवाट प्रहरी सेवा सुरु गरेर डिआइजी हुनु भएका उहाँले जहाँ गएपनि कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भयो । प्रहरी संगठनको मान, सम्मान र इज्यत प्रतिष्ठामा कहिल्यै आँच आउन दिनु भएन । जहाँ वसे, त्यहाँ जनताले छि ..छि दुर ..दुर गर्ने काम गरिन । टीकापुर घटनापछि संगठन प्रमुखले मलाई सुदुरपश्चिम पठाउनु भयो । टिकापुर घटनापछि मेरो परिवारले हात समोतर त्यहाँ नजान भनेका थिए । तर श्रीमतिको हात फालेर म संगठनले खटाएको ठाउँमा गए । ६ महिना काम गरे । अहिले म यो क्षेत्रमा आएको छु । यो गर्छु । उ गर्छु भनेर फुर्ति गर्दिन । जति सक्छु त्यही गर्छु । डिआइजी नेपालको भावी योजना खासै केही छैन । प्रहरी सेवामा रहदा जनताको सेवा गर्न पाउँ । जनतासगँ मिलेर काम गर्न पाउ ।
कर्मसगसगै इश्वरप्रति पनि विश्वास…
पाल्पाको सर्देवा घर भएका नेपाल २३ वर्षको उमेरमा इन्सपेक्टर हुनु भएको थियो । अहिले मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको प्रहरी प्रमुखको रुपमा कार्यरत डिआइजी नेपालको सफलताको आधार चाहि यस्तो छ । सरल स्वभावका धनी डिआइजी नेपाल कर्मसगसगै इश्वरप्रति पनि उत्तिकै विश्वास राख्नु हुन्छ । सानैदेखि पढाईमा अव्वल नेपालसगँ परिश्रमविना सफलता र उपलव्धी दुवै हासिल गर्न नसकिने बताउनु हुन्छ । इन्पेक्टरदेखि डिएसपी, एसपी, एसएसपी हुदै डिआइजीसम्मको उहाँको प्रहरी जीवन धेरै तितामिठा अनुभव संलग्नु भएको छ । थुप्रो चुनौतिसगँ जुध्नु भएको छ ।
प्रहरी सेवाको अनुभव…
आफनो स्वभाव अनुसार पनि हुन्छ । प्रहरी सेवामा रहदा अहिलेसम्म दुख पाएको छैन । त्यसैले चिनजानका व्यक्तिले प्रहरीमा हुनुपर्ने गुणै छैन भन्छन किनकी उनीहरु प्रहरी भनेको कालो चस्मा लगाउने, टाईफाइ गर्ने, हाइफाइ गर्ने भन्ने सोच्छन् ।फूर्ति लगाउने, जनतालाई हेपेर वोल्ने मैले गरेको छैन । जनतासगँ होस वा प्रहरीसगँ भाईचाराको व्यवहार गर्छु ।
खुशीका क्षणहरु…
उदयपुरमा इन्सपेक्टर हुदा वाढीले वगाउदै गरेको वच्चाको ज्यान जोगाएको घटना उहाँको सम्झनामा आइरहन्छ । वाढीले खोला किनारको झुपडी वगायो । केही तल लिएपछि वच्च कराएको आवाज आयो । त्यो आवाज डिआइजी नेपालको कानमा पर्यो । अनि उहाँले पौडे खेलेर त्यो भेलमा वग्दै गरेको वच्चलाई जोगाउनु भयो । यो क्षण उहाँको लागि खुशीको क्षण हो । अहिले पनि सम्झनामा ताजै छ ।
स्याङजामा भएको वेला एक जना युद्धमा लागेको बहिनी प्रक्राउ परिन । जनयुद्धका सामाग्री सहित प्रक्राउ परेकी सरिता नेपालीलाई जेलवाट छुटेपछि डिआइजी नेपालले पढाउनु भयो । आमा वितेपछि घरमा हेला भएपछि उनी तत्कालीन नेकपा माओवादीमा समेल भएकी थिइन । उनी जेलवाट छुटेपछि १० कक्षासम्म उहाँले पठाउनु भयो । अनि आइए १० जोड २ पढनको लागि तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा पोखरेलले पनि आधा पढाई खर्च व्यहोर्नु भएको थियो । उनी अहिले अहेव भएकी छन । उनको जीवन त्यतिखेर मैले वँचाएको हो । जीवन वँचाएकोमा गर्व लाग्छ ।
त्याे मात्र प्रेससगँ टाढा वस्न चाहान्छ ..
उहाँले स्नातक पत्रकारिता विषयमा गर्नु भएको हो । त्यसैले उहाँ भन्नुहुन्छ जो कमजोर छ त्यो मिडियासगँ डराउँछ । जो बदमास छ, त्यो मिडियासगँ भाग्छ ।
आमा भन्दा ठुलो भगवान छैन…
सवैभन्दा ठुलो भगवान आमालाई मान्छु । मलाई यो अवस्थामा ल्याइ पुरयाउन आमाको ठुलो देन छ । त्यसैले मेरो झोलामा र काम गर्ने टेवुलमा आमाको फोटो हुन्छ । म आमालाई कहिल्यै भुल्दिन । १० महिना गर्भमा राखेर जन्म दिनुभयो । विभिन्न दुख गरेर हुर्काउनु भयो । त्यसैले जीवनमा आमा भन्दा ठुलो कसैलाई पनि मान्दिन । अर्को कुरा फोर्स भनेको देवीको आरधना गर्ने संस्था हो । फोर्समा आइसकेपछि देवीलाई पनि मान्छु । पहिले देखि नै गणेश भक्त पनि हो । त्यसैले आमा, देवी, गणेश भक्तिमा जीवनलाई समपर्ण गरेको छु ।
जीन्दगी केही हैन….
जीन्दगी केही पनि होइन । राम्रो ठाउँमा सरुवा भएन । प्रमोसन पाइन । पैसा कमाउन सकिन । यो केही पनि होइन । उहाँको अनुभवमा जीन्दकी भनेको परिवार हो । घरमा जे पाकेको छ, घरका सवै सदस्य वसेर हाँसीहाँसी खान पाइन्छ भने त्यो जीवन हो । तर अहिले सहर वजारतिर यसको अभाव छ । श्रीमान डिनर पार्टी खाएर आउने । श्रीमतिले लन्च प्याकेट ल्याएर खाने । छोराछोरी आफनै तालमा हुने । वावुआमा पनि आफनै तालमा हुने चलन वढेको छ । आमा वावु, छोराछोरी सवै सगँ वसेर खादा यसले दीर्घजीवी पनि वनाउँछ । वास्तिवक जीवन यही नै हो ।
मास्टर वनाउने भनेपछि घरवाट भागे…
मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधव नेपाल पाल्पाको एउटा सामान्य परिवारमा जन्मिनु हो । उहाँको घर पाल्पाको सोमादी गाविसको सर्देवामा पर्छ । डेढ वर्षको हुदाँ वुवा वित्तेपछि उहाँलाई आमाले हुर्काउनु भएको थियो । वुवाको अनुहार देख्नु भएन । २ जना दिदी र एउटा वहिनी हुनुहुन्छ । एउटै छोरा हो ।
पाल्पाको रिडी माध्यामिक विद्यालयमा माध्यामिक तहसम्म पुरा गर्नूभयो । गाउँमा एसएलसी पास गर्ने मान्छेहरु मध्ये उहाँ तेस्रो÷ चौथो हुनुहुन्छ । एसएलसी पास गरेपछि गाउँलेले गाउँमै शिक्षक वन्न आग्रह गरेका थिए । यसले धेरै पढ्यो । वाहिर जान दिनु हुदैन । गाउँमै राख्नुपर्छ भनेर गाउँलेले भनेका थिए । आमाको चाहाना पनि त्यही थियो । तर मास्टर वनाउने भनेपछि उहाँ थप अध्ययन गर्नुपर्छ भन्दै घरवाट भागेर भैरहवा पढन जानुभयो ।
भैरहवामा उत्तम राई जो अंग्रेजी विषयको गोल्डमेडल हुनुन्थ्यो । त्यतिवेला अंग्रेजी उहाँ र अर्को एकजना साथीमात्र पास हुनुभयो । भैरहवामा पनि पढाई राम्रो नभएपछि काठमाडौ पढन गए । एउटा छोरा आमाले मेरो धेरै पीर गर्नुहुन्थ्यो । काठमाडौ नजान सुझाव दिनुहुन्थ्यो । कसैले मारिदिने होकी भन्ने चिन्ता थियो । तर मैले मानिन र काठमाडौ पढन गए उहाँले भन्नुभयो । आमा धेरै चिन्तित हुनुहुन्थ्यो । एक महिनामा एक पटक छेरालाई भेटन आमा काठमाडौ जानु हुन्थ्यो । पाल्पावाट दाल, चामल, घिउ तेल पठाएर पठाएर आमाले काठमाडौमा पढाउनु भयो ।
प्रहरीको उज्वल भविस्य…
नेपाल प्रहरीमा सफल र इमानदार प्रहरी अधिकृतिको छवि वनाउनु भएका डिआइजी नेपाललाई अहिले भर्खर प्रहरी सेवा सुरु गर्न पाए हुन्थ्यो भन्ने लागेको छ । २८ वर्षे प्रहरी अनुभव भएका उहाँ नेपाल प्रहरीको भविस्य निकै उज्वल देख्नु हुन्छ । मान्छेलाई असल वन्न प्रेरित गर्ने डआइजी नेपालको भावि योजना खासै केही छैन । प्रहरी सेवामा रहदा जनताको सेवा नै उहाँको योजना हो । नेपाल प्रहरीलाई जनताले धेरै माया गर्छन । जनतासगँ फ्रन्ट लाइनमा आएर काम गर्ने संस्था भनेकै नेपाल प्रहरी हो । जनताको सुख दुख सवैमा नेपाल प्रहरीले साथ दिदै आएको छ । जनतासगँ नरम र अपराधीसगँ कडा बोल्न प्रहरीलाई उहाँ सुझाव दिनुहुन्छ । प्रहरीमा अहिले धेरै राम्रा कार्यक्रमहरु आएका छन । मुस्कानसहितको सेवादेखि प्रहरी मेरो साथीसम्मका कार्यक्रम छन । नेपाली जनता प्रहरीका साथी हुन । प्रकाश पन्तसगँकाे कुराकानीमा अाधारित ।




फेसबुकबाट तपाईको प्रतिक्रिया