सुर्खेत, २५ साउन ।
रत्न राजमार्ग अन्तर्गत बबइ पुल नजिक मिनीट्रक र जीप एक आपसमा ठोक्किदा ७ जना घाइते भएका छन ।
सर्खेतबाट नेपालगञ्ज गइरहेको भे १ ज ७०५ नम्बरको जीप र नेपालगञ्जबाट आइरहेको भे १ ख १६७१ नम्बरको मिनीट्रक ठोकिएर घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भिर रहेको ट्राफिक प्रहरीले जनाएको छ । विरेन्द्रनगर १० सुर्खेतका ५३ बर्षिया बालकुमारी कडेल, भेरीगंगा नगरपालीका ११ सुर्खेतका ६० बर्षिय हरीबहादुर बुढा र दैलेखका २६ बर्षिय मीनबहादुर बि.क गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई प्रराम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।
राराखबर । २०७३, २५ श्रावण मंगलवार