परिवर्तनका सुत्रधार

नेकपा एमाले सुर्खेतका नेता पूर्णप्रसाद पौडेल इमानदार राजनीतिज्ञको रुपमा परिचित हुनुहुन्छ । सानैदेखि समाज सेवामा लाग्नु भएका उहाँ अहिले राजनीति मार्फत समाज सेवामा सक्रिय हुनुहुन्छ । एमाले सुर्खेतका जिल्ला कमिटी सदस्य पौडेल सरकारी जागिर छाडेर पूर्णकालिन राजनीतिमा सक्रिय हुदै आउनु भएको छ । २०४६ सालमा नेकपा मालेको सक्रिय सदस्य बन्नु भएका उहाँ २०५२ सालमा एमालेको संगठित सदस्य हुनु भएको थियो ।
दुई कार्यकाल बीरेन्द्रनगर नगर कमिटीको अध्यक्ष भैइसक्नु भएका उहाँ २०७१ सालवाट एमालेको जिल्ला कमिटी सदस्य हुनुहुन्छ । जन्नेसुन्ने भएदेखि नै मानविय सेवा गर्ने सोच बनाउनु भएका पौडेले २०५९ सालबाट पूर्णकालिन राजनीतिमा होमिनु भएको थियो । खरो स्वभावका उहाँ अवसर एक पटक आउँछ, अवसर आएको वेला राम्रोसँग काम गर्नुपर्छ भन्ने मान्यता राख्नु हुन्छ ।
समाज सेवामा पनि उत्तिकै सक्रिय
सुर्खेतकै स्थापित संस्था समाज जागरण केन्द्र स्याक नेपालको संस्थापक सदस्य, उपाध्यक्ष हुदै २ कार्यकाल अध्यक्ष पनि हुनु भएको थियो । पौडेल राष्ट्रिय मानव अधिकार एरलाइन्सको अध्यक्ष, व्लड डोनर एसोशियसन सुर्खेतको संस्थापक अध्यक्ष हुदै अहिले मध्यपश्चिम क्षेत्रीय उपाध्यक्ष हुनुहुन्छ । उहाँले जुन संस्थाको नेतृत्व गर्नु भयो, त्यसलाई प्रगतिको शिखरमा पुर्याएरै छाड्नु भएको छ । पौडेल अहिले हस्तवीर प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, अमरदीप सामुदायिक क्याम्पस व्यवस्थापन समितिको सदस्य, जागरण एफएमको अध्यक्ष र मध्यपश्चिम क्षेत्रीय अस्पताल व्यवस्थापन समितिको सदस्य हुनुहुन्छ ।
लामो समयदेखि राजनीतिमा सक्रिय पौडेले समाजसेवी हुनु र राजनीतिज्ञ हुनुमा निकै भिन्नता भएको अनुभव सुनाउनु हुन्छ । उहाँ भन्नुहुन्छ राजनीतिमा पार्टीको सिद्धान्त, नीति, योजनामा प्रतिवद्ध भएर लाग्नुपर्छ । समाज सेवामा त्यस्तो हुदैन । स्वच्छिक रुपले समाज सेवा गर्न सकिन्छ । कुनै लगाम हुदैन । समाज सेवालाई राजनीतिले नेतृत्व गर्ने भएकोले राजनीतिवाटै समाज सेवा गर्नु उत्तम हुन्छ । राजनीति नै मुल नीति भएकोले यो आर्दश हुनुपर्छ । निष्ठाको राजनीति गर्नुपर्छ । अर्काको खुट्टा तान्ने हैन, कि सवैलाई समेटेर अघि बढने राजनीति गर्नुपर्छ । तर अहिले त्यस्तो छैन । एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति छ । त्यसले पार्टीलाई मात्र हैन, व्यक्ति स्वयमलाई पनि हानि गर्छ पौडेल भन्नुहुन्छ ।
दुर्गामी महत्वका योजनाहरु
उहाँ भिजननरी लिडरको रुपमा चिनिनु हुन्छ । उहाँले आफुलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गदै आउनु भएको छ । पार्टीले खटाएको काममा होस वा समाज सेवामा सवैतिर प्रशंसयिन काम गर्नु भएको छ । नगर अध्यक्ष हुँदा ४ वटा नगर परिषदमा पार्टीको तर्फवाट भाग लिने अवसर पाए उहाँले भन्नुभयो त्यो वेला नगरवासीको हितमा महत्वपूर्ण नीति तथा योजनाहरु वनाउन हामी सफल भयौ । सिटीवसपार्क, सभाहल, ल्यान्डफिल साइड जस्ता दुगामी महत्वका योजनाहरु ल्याउन ल्यायौ ।


नेतृत्वकर्ता नमुना
स्याक नेपालको अध्यक्ष हुँदा मध्य तथा सुदुरपश्चिमका धेरै जिल्लामा विभिन्न कामहरु गर्नुभयो । महिला, वालवालिका, किशोर किशोरी तथा युवाहरुको अधिकार मुखरित गर्ने कार्यक्रमहरु संचालन गरियो । २०५३ सालमा जिल्ला वाल भेला गरियो । सुर्खेती महिलाहरुको अभूतपूर्व सहभागीता सुर्खेतमै पहिलो पटक अन्तर्राष्ट्रिय नारी दिवस मनाउन सुरु भएको थियो । स्याक नेपालले महिला नेतृत्व, पहुँच, नीति निर्माण तहमा महिला सहभागीताको लागि विशेष पहल गरेको थियो । सामाजिक कामकै सिलसिलामा उहाँले भारत र वंगलादेशको महत्वपूर्ण ठाउँहरुको भ्रमण गर्ने अवसर पनि पाउनु भएको थियो ।
राजनीति गर्ने व्यक्ति सवैभन्दा पहिला आफै नमुना वन्नु पर्छ । जो अगाडी लाग्छ उही नमुना हुनुपर्छ । जसको सवाल हो उसैले नेतृत्व गर्नुपर्छ । जनताको मुद्धामा नेतृत्व गर्ने व्यक्ति जानकार हुनुपर्छ । आफु जानकार नभई समाज सेवामा लागियो भने कँुइरोमा हराएको काग झै भइन्छ पौडेल भन्नुहुन्छ ।


अस्पताल सुधारका सुत्रधार
२ वर्ष देखि मध्यपश्चिम क्षेत्रीय अस्पताल विकास समितिको सदस्य पौडेल क्षेत्रीय अस्पताल सुधारका सुत्रधार पनि हुनुहुन्छ । अस्पतालमा भएको सुधारबारे उहाँ भन्नुहुन्छ सवैभन्दा पहिला सवैसँग छलफल गरी समस्याको पहिचान गर्यौ । छलफलपछि समस्या समाधानका उपाय पत्ता लगाउदै योजना बनाएर सुधारको काम थालियो । आफै विरामी अवस्थामा रहेको क्षेत्रीय अस्पतालको रुपरंग परिवर्तन गरेर छाड्यौ । अस्पताल सुधारका एक अभियन्ता पौडेल इन्छा शक्ति भए जस्तो सुकै परिवर्तन पनि सम्भव भएको बताउनु हुन्छ ।
विगतको तुलनामा अहिले अस्पताल आकाश पातालको फरक छ । सरसफाई र मर्मतको काम सम्पन्न भएको छ । मेटेनरी वार्ड र जनरल सेवा वार्ड निर्माण गरिएको छ । नागरिकले कल्पनै नगरेको आइसीयू र एनआइसीयू सेवा संचालनको प्रक्रिया अघि बढेको छ । असक्त, असहाय, जेष्ठ नागरिकलाई नाम लेख्नको लागि लाइन बस्नु पदैन । क्यू मेसिन जडान गरिएको छ । यस्तै घरेलु हिंसा पीडित र वलात्कारमा परेका महिलाको डाकटरी चेक गर्दा लाग्ने शुल्क हटाइएको छ । यो नीतिगत निर्णयसगै हिंसा पीडित महिलालाई निकै राहात भएको छ । ३ सय ५० शैया संचालनको लागि नयाँ भवन निर्माण सुरु भएको छ । २९ महिनाभित्रै भवन निर्माण हुन्छ पौडेल भन्नुहुन्छ ।


समयावधि हुँदाहुदै जागिर छाडे
सानैदेखि राजनीतिमा सक्रिय हुने सोच हुँदाहुदै पनि अर्थिक अभावका कारण उहाँ सरकारी सेवामा प्रवेस गर्नु बाध्य हुनुभयो । उतिवेला अहिलेको जस्तो चेतना थिएन, धेरै पढनु पर्छ, राम्रो जागिर खानुपर्छ भनेर गाइड गर्ने मान्छे पनि भएनन् । उहाँले भन्नुभयो समाज सेवा गर्ने चाहाना भएपनि आर्थिक अभावले जागिर खानै पर्ने अवस्था आयो । त्यसैले २०३८ साल चैत्र १ गतेवाट सरकारी सेवा प्रवेस गरे । २० वर्ष ९ महिना २४ दिन जागिर खाए । समय अवधि हुदाहुदै जागिर छाडेर समाजसेवामा लागे ।
जीवन अवसर र संर्घष
उहाँ जीवनलाई अवसर र संर्घषको रुपमा लिनुहुन्छ । जीवन अवसर पनि हो संर्घष पनि हो उहाँ भन्नुहुन्छ जीवन पाउनु आफैमा अवसर हो त्यसलाई सुन्दर बनाउन संर्घष गर्नुपर्छ ।
राजनीति चर्खे पिङ्ग
राजनीतिको अनुभव सुनाउदै पौडेल अर्काको देखासिकी गरेर राजनीतिमा आउन नहुने सुझाव दिनुहुन्छ । पहिला पार्टीको दर्शन, कार्यक्रमको बारेमा जानकार हुनुपर्छ । निस्वार्थ रुपमा राजनीतिमा लाग्नुपर्छ । स्वार्थसहित राजनीति थाले अघि बढन सकिदैन । उहाँ भन्नुहुन्छ राजनीति चर्खे पिङ्ग हो, कहिले माथी त कहिले तल पुगिन्छ । तल झरेपनि आस्थावाट विचलित हुनुहुदैन । माथि पुगे मात्तिनु पनि हुदैन । दुवैलाई सन्तुलनमा राख्नुपर्छ ।
बाँचुन्जेलसम्म राजनीति गर्ने योजना उहाँको छ । जिम्मेवारी र अवसर सधै आउदैन ।अवसर आएको वेला अरुको भन्दा फरक काम गरेर देखाउनु पर्छ । अनि वल्ल स्थापित हुन सकिन्छ । कसैको रिस गरेर हुदैन नमुना हुनलाई फरक काम गरेर देखाउनु पर्छ भन्ने मान्यता उहाँ राख्नु हुन्छ ।
(पत्रकार प्रकाश पन्तसँगको कुराकानीमा आधारित )




फेसबुकबाट तपाईको प्रतिक्रिया