सालकोट २९ श्रावण ।
पश्चिम सुर्खेतको सालकोट गाबिसमा किशोरी सम्बाद केन्द्रहरुले संयुक्त रुपमा वडाहरुमा जुवा तास तथा जांड रक्सी विरुद्धको जनचेतनामूलक रयालि निकालेका छन ।
सालकोट गाबिसको चौतारीबाट सुरु भएको रयाली पलैटे बजार कोटा धारा हुँदै चौरको गाउँ परीक्रमा गरि कोणसभामा परिणत भएको छ ।
र्यालीका सहभागीले जुवा तास खेल्नेलाई कारवाही गरौ, जांड रक्सी बन्द गरौ, महिला हिंसा अन्त्य गरौ, सभ्य सालकोट निर्माण गरौ लगायतका नारा लगाउदै वडामा परिक्रमा गरेका थिए ।
र्याली पछि भएको सभामा सालकोटका गाबिसका सचिब तिलकराम अधिकारी विभिन्न राजनीीतक दल, संघ सस्थाका प्रतिनिधिहरुले सामाजिक बिकृतिको अन्त्यका लागि मिलेर अघि बढ्ने पर्नेमा जोड दिएका छन ।
राराखबर । २०७३, २९ श्रावण शनिबार