नेविसंघ विरुद्धका अभिव्यक्ति पराजित मानसिकताकाे उपज : महामन्त्री सरोज थापा

14045989_1809383179285121_5693416966511787274_nसुर्खेत, ८ भदौ ।
नेपाल विद्यार्थी संघले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आसन्न स्ववियू निर्वाचनलाई दृष्टिगत गर्दै बुधवार उमेदवारी घोषणा सभा गरेको छ ।
सभामा नेविसंघका महामन्त्री सरोज थापाले स्ववियू निवार्चनको मिति सार्ने कुरामा विद्यार्थी संघको संलग्नता रहेको निराधार हल्ला फैलाइएको बताउनुभयो
उहाले विद्यार्थी संघ जस्तो सुकै परिस्थीतिमा स्ववियू निर्वाचनमा सहभागी हुन तयार रहेको भन्दै संघका विरुद्धमा आएका अभिव्यक्ति पराजित मानसिकताको उपज भएको टिप्पनी गर्नुभयो ।
महामन्त्री थापाले मध्यपश्चिम विश्वविद्यालयको स्ववियूको चुनाव नेवि संघले जित्ने दावी समेत गर्नुभयो ।
काँग्रेस सुर्खेतका सचिव टेपबहादुर रावतले आम विद्यार्थीहरुको लोकतन्त्रबादी संगठन भएकाले जित सुनिश्चित भएको उल्लेख गर्नुभयो ।
यस्तै नेविसंघका केन्द्रीय सदस्य अनिल शाही, संघका अध्यक्ष विवेक आचार्य, काँग्रेस सुर्खेतका सदस्य रामबहादुर सिह लगायतले चुनावमा नेवि संघको जीत निश्चित भैइसकेको भन्दै खेरजाने गरी मतदान नगर्न विद्यार्थीहरुलाई अपिल गर्नुभयो ।
70736948_6272055633049745711_nनेपाल विद्यार्थी संघले झक्क बहादुर शाहीको नेतृत्वमा चुनावी मैदानमा होमिएको छ ।
संघले सचिवमा सन्तोष उपाध्याय, कोषाध्यक्षमा सुशिल भट्टराई र प्रत्यक्ष निर्वाचित सदस्यहरुमा हरी थापा , विश्वराज भट्टराई, धिरेन्द्र हमाल, बर्षा केसी, पुरुषोतम खनाल, दिपक विसी, निसान केसी उम्मेदवार वनाएको छ ।
_nनेपाल विद्यार्थी संघ मध्यपश्चिम विश्वविद्यालयका सभापति यज्ञ रामजालीको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थी नेता नारायण शर्माले स्वागतम मन्तव्य गर्नु भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया