दैलेख, २१ भदाै ।
गत वर्ष वैशाख १२ गते भूकम्पमा परी मृत्यु भएकी कल्पना थापाको नाममा एभरेष्ट क्लव दैलेखले ‘कल्पना स्मृति कोष’ स्थापना गरेको छ।
एभरेष्ट क्लव दैलेखले आफ्नो २३ औँ स्थापना दिवस पारेर संस्था स्थापना गर्न विभिन्न सहयोग गरेको भन्दै उनका नाममा ‘कल्पना थापा स्मृति कोष’ स्थापना गरेको क्लवका अध्यक्ष दिपक कुमार शाहीले बताए।
पहिलो पटक स्थापना गरिएको स्मृति कोषबाट एभरेष्ट क्लवले दैलेखको कला साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कलाकार मोहन गौतमलाई सम्मान गरेको छ।पूर्व संघीय मामिला तथा स्थानीय बिकास राज्यमन्त्री कुन्ती शाहीले वितरण गरेको उक्त पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ छ।
क्लबका सदस्य ३७ वर्षीय कल्पना थापाको गत वर्ष वैशाख १२ गतेको भूकम्पमा भक्तपुर नगरपालिका वडा नं २ जेलास्थित आफनै घरमा निधन भएको थियो। मृतक थापाले विभिन्न गतिविधिमा पदक प्राप्त गरेकी थिईन् भने मध्यपश्चिमकै उत्कृष्ट नाट्य विधाबाट समेत परिचित थिईन्। एभरेष्ट क्लव दैलेखले प्रत्येक वार्षिक साधारण सभामा कला सँस्कृति र खेलकुदको क्षेत्रमा अतुलनीय सहयोग पु¥याउने एक जनालाई सम्मान गर्ने बताएको छ।
सेताेपाटीवाट साभार
राराखबर । २०७३, २१ भाद्र मंगलवार