कावुल घटनाका घाइतेले पूर्वप्रधानमन्त्री ओलीलाई भेटे

14348756_1219685154778855_91688988_nसुर्खेत, ३० भदौ ।
अफनागनिस्ताको राजधानी काबुलमा भएको बम बिस्फोटनमा परी घाइते भएका नेपालीले पूर्वप्रधानन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसगँ भेट गरेका छन ।
उचित क्षेतिपूर्ति र उपचारको व्यवस्थाको लागि सहयोग गरिदिन आग्रंह गर्ने उदेश्यले भेटघाट गरिएको घटनाका घाइते सुर्खेतका अमृत रोकाय क्षेत्रीले वताउनु भयो ।
उहाँले भेटको क्रममा ओलीले सरकारलाई आवश्यक दवाव दिने आश्वासन दिनु भएको जानकारी दिनुभयो ।
क्यानेडियन राजदुतावासको सुरक्षाको लागि खटिएको बेला घटना भएको भन्दै उनीहरुले क्यानडा सरकारले उचित क्षेतिपूर्ति र भरपर्दो उपचार गरिदिनु पर्ने माग गदै आएका छन ।
यसअघि उनीहरुले परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतलाई भेटेर आफनो समस्या अवगत गराएका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया