सुर्खेत १२ पुस
पश्चिम सुर्खेतको घाटगाउँ गाविसको दशौं गाउँ परिषद्ले साढे ५६ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । गाविसले आर्थिक वर्ष २०७३÷०७४ का लागि ५६ लाख ५३ हजार सात रुपैयाँको बजेट विनियोजन गरेको हो । गाविसका अनुसार उक्त रकम मध्ये पूँजीगत तर्फ ४९ लाख ९५ हजार, चालु तर्फ पाँच लाख ४५ हजार, र आन्तरिक स्रोतबाट एक लाख १९ हजार सात सय रुपैयाँ रहेको छ ।
परिषद्ले बस्ती तथा वडा भेलाको निर्णयलाई आधार मानेर बजेटमा सिंचाई, सडक, कृषि तथा आय आर्जनलाई प्राथमिकतामा राखिएको गाविस सचिव मिनबहादुर भण्डारीले बताए । कार्यक्रममा वडा नागरिक मञ्च, गाविस स्तरीय राजनीतिक दलका प्रतिनिधि, योजना तर्जुमा समितिका पदाधिकारी लगायतको सहभागितामा बजेट विनियोजन गरिएको ईमेज च्यानलका सुर्खेत प्रतिनिधि मानबहादुर वलीले जानकारी दिए ।
राराखबर । २०७३, १२ पुष मंगलवार