आकाश तारा बयक
सुर्खेत १२ पुस ।
कैलालीको गोदावरीमा गौं हत्या गरिएको भन्दै विरोधमा गरिएको मध्यपश्चिम बन्दले बिहानैदेखि सुर्खेत आसपासको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण मध्यपश्चिमका पहाडी जिल्लाहरुको मुख्य नाका वीरेन्द्रनगर भएकाले जिल्लाबाट बाहिरिने र भित्रिने यातायातका सवारीसाधानहरु चल्न नसक्दा यात्रुलाई सास्ती खेप्नु परेको हो । बन्दले जिल्लाका यातायात, शैक्षिक संस्थान, व्यापार, व्यवसाय, उद्योग, धन्दा र कलकारखान बन्द छन् । सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टी, हिन्दु जागरण युवा संघ नेपालसहित विभिन्न संघ, संगठनले बन्दको घोषणा गरेका हुन् । प्रहरीका अनुसार अहिलेसम्म कुनैपनि ठाउँबाट त्यस्तो अप्रिय त्यस्तो घटना घटेको छैन् ।
बन्दलाई मध्यनजर गरी जिल्ला सुरक्षा समितिले जिल्लाका सबै नाकासहित शहरका विभिन्न स्थानमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा ब्यवस्था कडा पारेको छ । सुर्खेतका प्रमुख प्रमुख मोहन आचार्यले बन्दलाई मध्यनजर गरेर प्रहरीसँगै सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्थामा कडाई पारिएको जनाए । जिल्लामा दूध बोक्ने गाडी, एम्बुलेन्स, फाटफुट मोटरसाईकिल, साईकल र ठेला बाहेक अन्य कुनै सवारी साधन चल्न सकेका छैनन् ।
सुर्खेत जिल्लालाई शान्ति क्षेत्र घोषणा गरी बन्दलाई सदाका लागि बन्द गर्ने सबै सरोकारवालाबाट सामूहिक घोषणा गरिएकाले फेरी विभिन्न बहानामा बन्द गराईदा शिक्षा क्षेत्रमा ठूला असर पुग्ने गरेको जिल्ला शिक्षा कार्यालयको भनाइ छ । यता जिल्लाका उद्योगी तथा व्यापारीले बन्दको विरोध गर्दै विकल्पको बाटो रोज्न बन्दकर्तासँग आग्रह गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले विरोधका अन्य माध्यम हुँदाहुँदै पनि आम सर्वसाधारण, उद्योगधन्दा, व्यापार, व्यवसाय ठप्प पार्ने गरी गरिने बन्दको कुनै औचित्य नभएको बताए । उनले बन्दका कारण मध्यपश्चिमका पहाडी जिल्लाको मुख्य नाका वीरेन्द्रनगर भएकाले सर्वसाधारण सहित घुम्न आएका आन्तरिक एवं बाह्य पर्यटकहरु समेत मारमा परेको जनाए । उनका अनुसार जिल्लामा एक दिन बन्द हुँदा पाँच करोड बढीको नोक्सानी हुने गरेको छ । जिल्लामा करिब आठ सय घरेलु, साना र मझौला उद्योगहरु रहेका छन् ।
राराखबर । २०७३, १२ पुष मंगलवार