बद्री पन्त
जाजरकोट पुस, १२
देशको वित्तिय अवस्थावारे जनचेतना जगाउन नेपाल राष्ट्र वंैकले जाजरकोटका विद्यँर्थीहरुका लागि एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
विद्यँर्थीहरु मार्फत स्थानीय जनताहरुमा वैंकिङ कारोवारो, वचत, शेयर लगानी लगाएतका विषयमा चेतना फैलाउने उद्देस्यले ंवैंकले विद्यार्थीहरुसंग नेपाल राष्ट्र वैंक नामक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
राष्ट वैंकको वित्तिय चेतना तथा साक्षरता कार्यक्रम अन्तरगत मंगलवार सदरमुकाम खलंगाको त्रिभुवन माद्यमिक विद्यँलयको कक्षा ११ र १२ र भेरी ज्ञानोदय क्याम्पसमा व्यवस्थापन संंकायमा अध्ययनरत विद्यँर्थीहरु, शिक्षक र जिल्ला स्थित विभिन्न वैंकहरुमा कार्यरत कर्मचारीहरुलाइ राष्ट वैंकका गतिविधि र मुलुकको वित्तिय गतिविधिवारेमा जानकारी गराइएको छ ।
कार्यक्रममा राष्ट्र वैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरवहादुर थापाले विद्यार्थी शिक्षक र वैंकका कर्मचारीहरुलाइ वचत, क्रृण, पुजी, वैक खाता, विप्रेषण अर्थात रेमिटयान्स, विमा, शेयर, चेक र एटियम कार्ड, सफा नोट र वजेट निर्माणवारे जानकारी गराए ।
नेपालमा वर्षेनी ६ सय ६५ अर्व विप्रेषण भित्रिने गरेको भन्दै कार्यकारी निर्देशक थापाले यसको संरक्षण र सदुपयोगका लागि जनतामा चेतना जरुरी रहेको वताए ।
भविस्यको सुनिस्चितताको लागि विमा गर्ने वानीको विकास गराउनका लागि पनि जनताहरु जागरुक हुनुपर्ने कार्यकारी निर्देशक थापाले वताए । जनताहरुमा सफा नोटको प्रयोग गर्ने वानीको विकास हुनुपर्ने उनले वताए ।
जनतामा सफा नोटको प्रयोग गर्ने वानी वसाल्ने, देशको प्राकृतिक श्रोत र साधनको प्रयोग गरि निर्माण हुने विभिन्न आयोजनाहरुमा शेयर मार्फत लगानी वटुल्ने काममा जनताको साथ आवस्यक रहेको थापाले वताए ।
अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सोधेका प्रस्नहरुको जवाफ दिदै थापाले भारतीय नोटहरु भजाउनका लागि नेपाल सरकारलाइ राष्टवैंकले आवस्यक पहल लिन सल्लाह दिएको वताए ।
उनका अनुसार राष्टवैंकमा भारतीय नोटहरु तीन करोडको हाराहारीमा भएको र व्यक्तिसंग भएका नोटहरु साटने व्यवस्थाका लागि आवस्यक पहल भइरहेको वताए । आफुहरुले भारतीय रिजर्भ वैंकसंग सम्पर्क गरेको भएपनि दुइ देशका सरकारहरु विचमा समझदारी भएमा मात्र समस्याको हल हुन सक्ने उनको भनाइ छ ।
विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार २५ हजार भन्दा वढी विदेशी मुद्रा एकै पटक साट्न नपाइने व्यवस्था भएपनि अहिले त्यो रकम पनि साट्न नपाएकोवारे सरकारले उचित पहल लिनु पर्ने स्थानीय सरोकावालाहरुको भनाइ छ ।
भारत सरकारले भारतीय नोट चल्न तोकेको ५० दिनको अवधि डिसेम्वर ३१अर्थात पुस १५ गते सकिैदै गर्दा पनि सरकारले गतिलो पहल नलिएको त्रिभुवन माद्यमिक विद्यँलयका लेखा विषयका शिक्षक प्रवेश आरसीले वताए ।
उनले सरकारले पहल गरे मात्र नेपालीहरुसंग भएका भारतीय नोट साटिने सम्भावना रहेको उनले वताए ।कार्यक्रममा विद्यार्थीहरुले देशको वित्तिय अवस्थावारे विभिन्न प्रश्नहरु सोधेका थिए ।
राष्ट वैंकले आर्थिक वर्ष २०६९÷७०देखि यस्तो कार्यक्रम सन्चालन गर्दै आएको राष्ट वैंकको अनुसन्धान विभागका सहायक निर्देशक मनोजकुमार केसीले वताए । उनले जनतामा पुर्ण चेतना नफैलिए सम्म कार्यक्रम निरन्तररुमा चलिरहने वताए ।
राराखबर । २०७३, १२ पुष मंगलवार