६ नम्वर प्रदेशको पर्यटन प्रर्वद्धनको लागि स्तरीय होटेल निर्माणमा पहल गर्छु — अध्यक्ष भुजेल

सुर्खेत, १४ पुष ।
होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष अमृत भुजेलले प्रदेश ६ को पर्यटनलाई प्रर्वद्धन गर्न स्तरीय होटेल निर्माणको लागि पहल गर्ने बताउनु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा उहाँले अनेकै पर्यटकिय सम्भावनाले भरिपूर्ण यस प्रदेशमा स्तरीय होटेल नभएकै कारण पर्यटन प्रर्वद्धन हुन नसकेकोले स्तरीय होटेल निर्माणमा पहल गर्ने उल्लेख गर्नुभयो ।
स्तरीय होटेलका साथै गुणस्त्रीय सेवा र हाइजेनिक खानाको व्यवस्था गर्न सके नेपालको पर्यटन व्यवसाय निकै फस्टाउने उहाँको भनाई छ ।
bhujelआन्तरिक र वाह्य पर्यटकहरु आर्कषित गर्नको लागि स्तरीय होटेल आवश्यक पर्ने उल्लेख गदै उहाँले ६ नम्वर प्रदेशमा स्तरीय होटेलमा लगानी गर्न होटेल व्यवसायीलाई समेत आग्रह गर्नुभयो ।
उहाँले स्तरीय होटेलहरु नभएका जिल्लाहरुमा स्तरीय होटेलहरु निर्माण गर्नको लागि होटेल व्यवसायी महासंघले प्रत्येक जिल्लाका होटेल व्यवसायीको लगानी हुने गरी स्तरीय होटेल वनाउने योजना पनि रहेको उल्लेख गर्नुभयो ।
स्तरीय होटेल भएमात्र पर्यटन गतिविधी बढ्ने भएकोले राज्यले पनि पर्यटन प्रर्वद्धन हुने स्तरीय होटेल निर्माणमा लगानी गर्न चाहाने व्यवसायीलाई सहयोग गर्नुपर्ने बताउनु भयो ।
अहिले नेपालको पर्यटन गतिविधी काठमाडौको ठमेल, पोखराको लेखसाइड र चितवनको सौराहमा मात्र केन्द्रीत भएको भन्दै अध्यक्ष भुजेलले कर्णाली लगायतका ठाँउमा नयाँ पर्यटकिय गन्तव्यको विकास गर्नु पर्नेमा जोड दिनुभयो ।
अध्यक्ष भुजेलले नेपालमा अहिले ६१ हजार होटेल व्यसायीहरु रहेको र उनीहरुले साडे ६ लाख जनालाई रोजगारी दिएको समेत जानकारी दिनुभयो ।
होटेल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय कोषाध्यक्ष लगायतको सहभागीता रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया