सुर्खेत, २५ फागुन ।
क्यान्सरबाट पीडित जाजरकोटको लहँ गाविस–९ गर्छिनाकी जयरुपा घर्तीको उपचारको लागि सहयोग जुटन थालेको छ ।
क्यान्सरका कारण ८ महिनादेखि थला पर्नु भएकी घर्तीको उपचारको लागि विभिन्न व्यक्ति र संस्थाहरुले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
सुर्खेतमा क्रियाशिल पत्रकार प्रकाश पन्तले सामाजिक संजाल फेसवुक मार्फत क्यान्सर पीडित घर्तीलाई उपचारको लागि सहयोग गर्न आग्रह गरेपछि सहयोग गर्नेको ओइरो लागेको छ ।
सामाजिक संजाल फेसबुकमा अहिलेसम्म विभिन्न व्यक्ति र संस्थाले २३ हजार ८ सय २० रुपैया दिने प्रतिवद्धता जनाएको पन्तले बताउनु भयो ।
कतिपयले भने सहयोग गर्ने प्रतिवद्धता गरेको र रकम भने नखुलाएको बताएको छ ।
क्यान्सर पीडित महिला घर्तीलाई मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका वालरोग विशेषज्ञ डा. नवराज केसीले १० हजार रुपैया सहयोग गर्ने बताउनु भएको छ ।
यस्तै सुर्खेतकै प्रतिष्ठत होटेल भ्याली भ्यू होलेटले ५ हजार रुपैया, बीरेन्द्रनगर १० का युवा समाजसेवी विष्णु भटटराईले २ हजार ५ सय, सामाजिक समाजसेवी प्रेमप्रकाश खड्काले २ हजार, व्यवसायिक घरना विसी गु्रप सुर्खेतले १ हजार ५, युवा समाजसेवी किरणकिशोर पन्तले १ हजार ५, शिक्षक चन्द्रबहादुर रावलले १ हजार, व्यवसायी कमल नेपालले ५ सय ५५, युवा विद्यार्थी बालकृष्ण पोख्रेलले ५ सय, व्यवसायी मानबहादुर खड्काले २ सय ५५ रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
यस्तै पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, पत्रकार इश्वर अधिकारी, पत्रकार शेरबहादुर थापा, शिक्षक पदमबहादुर खड्का, युवा समाजसेवी नमराज पुरुष लगायतले घर्तीको उपचारको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
आर्थिक विपन्नताले गर्दा उपचारको लागि क्यान्सर अस्पतालमा राखेर नियमित उपचार गर्न नसकेको गुनासो घर परिवारले गरेका छन ।
घुँडादेखि माथीको भागमा क्यान्सर भएकोले गत भदौ महिनादेखि घर्ती थला पर्नु भएको छ ।
गाउँलेहरुले दिएको पैसाले क्यान्सर अस्पताल चितवनसम्म पुगेपछि अस्पतालमा बसेर नियमित उपचार गर्न खानेवस्ने खर्च तिर्न नसक्दा बीचमै उपचार छाडेर घर फर्किन वाध्य भएको छोरा शशी घर्र्तीले बताउनु भएको छ ।
अस्पताल भित्र र वाहिर बस्दा लाग्ने खर्च नहुँदा सरकारले सहयोग स्वरुप दिएको १ लाख रुपैया रुपैया मध्ये आधा रकम मात्रै खर्च भएको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले क्यान्सरवाट पीडित आमाको उपचारको लागि सहयोग गरिनि हुन स्वदेश तथा विदेशमा रहनु हुने सवै महानभावहरुलाई हार्दिक अपिल समेत गर्नु भएको छ ।
यदि तपाईले सहयोग गर्न चहानु हुन्छ भने क्यान्सर पीडितका छोरा शशी घर्तीको मोवाईल नम्वर ९७४८०७६७११ र ९८१९५८८३१८मा सम्पर्क गर्नु होला । अथवा फेसवुकमै प्रतिवद्धता जनाउनु भयो भने उहाँका आफन्तहरुले खवर गर्नु हुनेछ । प्रतिवद्धता जनाउदा सम्पर्क नम्वर पनि दिनुहोला ।
राराखबर । २०७३, २५ फाल्गुन बुधबार