सुर्खेत, ११ असोज ।
लायन्स क्लब भैरबस्थान र लियो क्लब भैरबस्थान सुर्खेतले विजया दशमी, दिपावली र छट पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा सुर्खेतमा रहेका विभिन्न लाइन्स क्लवका अध्यक्ष लगायतका पदाधिकारीले दशै तिहारले नेपालीमा शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरेका छन ।
उनीहरुले दशै तिहारलाई हर्ष उल्लासका साथ मनाउन पनि सवैलाई आग्रह गरेका छ ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका ४ का वडाध्यक्ष निकलन्ठ खनाललाई सम्मान गरिएको छ ।
कार्यक्रममा उधोग वाणिाज्य संघका अध्यक्ष प्रकाश अधिकारी, वडाध्यक्ष निकलन्ठ खनाल, जोन चेयर पर्सन किशोर रेग्मी, हरिहर वस्नेत, कमल नेपाल, कल्पना कार्की, सेरोफेरोका अध्यक्ष युवराज पौडेल, विन्द नेपाल लगायतले आफनो भनाई राखेका थिए ।
कार्यक्रम क्लवका अध्यक्ष गोविन्द प्रसाद शर्माको सभापतित्वमा भएको थियो ।
राराखबर । २०७४, ११ आश्विन बुधबार