सुर्खेत २८ असार
प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकहरुलाई २४ लाख बरावरको आधुनिक कृषि उपकरण र ढुवानी साधन वितरण गरेको छ । व्यवसायीक कृषिको विकास गर्ने उद्देश्यले कृषि यान्त्रीकरण ढुवानी साधन र प्रशोधन मेसिनहरु सहयोग गरेको हो । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका समूह, सहकारी र कृषि फर्महरुलाई २४ लाखका कृषिजन्य उपकरण तथा ढुवानी साधन वितरण गरिएको हो । बिहीवार वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच आयोजनाले उक्त कृषि उपकरण तथा ढुवानी साधनहरु वितरण गरेको हो ।
कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव शिवनारायण चौधरी र उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्दप्रसाद भारीले मिनि ट्रक, थ्रेसर मेसिन, मिनि हाते ट्याक्टर लगायतका कृषि उपकरणहरु हस्तान्त्रण गरेका हुन् । पोष्ट हार्भेष्ट सेन्टर कार्यक्रम अन्र्तगत प्रेम स्मृति र्फम अवलचिङलाई मिनि ट्रक प्रदान गरिएको आयोजनाका प्रमुख चित्रबहादुर रोकायले बताए ।
त्यसैगरी कष्टम हायर सेन्टर कार्यक्रम अन्र्तगत भेरीगंगा नगरपालिका १२ छिन्चुको साना किसान कृषि सहकारी संस्थालाई मल्टी थ्रेसर,चाना काट्ने मेसिन र जेनेटर, भेरीगंगा ९ जहरेको मुलपानी कृषि सहकारी संस्थालाई मल्टी थ्रेसर र डिजिटल ढक तराजु हस्तान्त्रण गरिएको छ । यसैगरी भेरिगंगा ९ झिगनीको सुन्धरा कृषि तथा पशु सहकारी संस्थालाई जेनेटर ड्याङ्ग बनाउने मेसिन र पानी तान्ने मोटर, चिंगाड गाउँपालिका ५ अवलचिङको सृजना नगदेवाली कृषक समूहलाई बेसार पिस्ने मिल सेट र हाते मिनि ट्याक्टर तथा भेरिगंगा १२ छिन्चुको सूर्याेदय पशुपालन केषि सहकारी संस्थलाई पावरटेलर, बेसार उसिन्ने मेसिन र हाते मिनि ट्याक्टर प्रदान गरिएको आयोजना प्रमुख रोकायले जानकारी दिए ।
ढुवानी साधन तथा कृषि उपकरण हस्तान्त्रण गर्दे उच्च मूल्ष्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसार भारीले कृषिको परम्परागत रुपमा चल्दै आएको कृषिलाई आधुनिकीकरण गर्न र किसानकलाई व्यवसायीक बनाउन कृषि उपकरणले टेवा पु¥याउने बताए । भारीले प्रागारीक उत्पादनमा जोड दिन सकेमा कृषक र उपभोक्ता दुवैलाई फाइदा पुग्ने भन्दै प्रागारीक उत्पादनमा जोड दिन आग्रह गरे ।
राराखबर । २०७५, २८ असार बिहीबार