पाँच मिनेटमै बग्योे दैखोला

कालिकोट, जेठ १ – शुक्रबार दिउँसो चार बजेतरि मुसलधारे पानी पर्यो । पानी परेको आधा घण्टा पनि बित्न नपाउँदै दैखोलामा ढुङगा, माटो र बालुवा मिसिएको लेदो आयो । जसले दैखोला बजारका ९ वटा कच्ची घर पसल बगायो । खोलाको छेउतिर भएको भान्साकोठामा खाना बनाउँदै गरेकी दैलेख पिपलकोट ४ की ३३ वर्षे गिता थापा मगर पनि बाढी पहिरोसँगै विलय हुनुभयो । दिउँसोको समय भएकाले अरु स्थानीय व्यापारी भागेर बाँच्न सफल भए । ‘एक्कै चोटीको पहिरोले बजार दैखोला बग्यो’ गिताकी ६६ वर्षे आमा धनादेवीले भन्नुभयो ‘म घर बाहिर नभएको भए बग्ने थिएँ, मैंले छोरी गुमाएँ ।’

घटनास्थलबाट फर्केका प्रहरी निरीक्षक टेकबहादुर जोराले एक घण्टाको पानीले कालिकोट खण्डको तीन ठाउँ र दैलेख खण्डको ४ ठाउँमा कर्णाली राजमार्ग अवरुद्ध हुने गरी पहिरो गएको जानकारी दिनुभयो । पहिरो पन्छाउन डोजर लगाउने हो भने पनि ३ दिन लाग्ने उहाँले बताउनुभयो । राजमार्ग खुलाउनकाका लागि राती सडक डिभिजन कार्यालय जुम्लालाइ खबर गरिएको भए पनि अहिलेसम्म डोजर पुग्न सकेको छैन ।

पहिरोले भर्ता ६ का लालबहादुर कार्की, मानबहादुर बिष्ट, दत्तबहादुर रावत र जोवान सुनारको घर पसल बगाएको छ । दैलेख  पिलकोट ४ का गोकर्णबहादुर रावत, kalikot (4)धनादेवी थापा, कमल गाहा, पिपलकोट ५ कमल बहादुर थापाको पनि घर पसल बगाएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया