सुर्खेत, २८ माघ ।
अमेरिकामा रहेकी युवा समाजसेवी जयन्ती थापाले कैलालीको एउटा बाल शिक्षा सदनलाई आर्थिक सहयोग गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिकाको कचालीमा रहेको बालशिक्षा सदनलाई उनले २५ हजार रुपैया सहयोग गरेकी हुन् ।
४० जना बालबालिका पढने बालशिक्षा सदनलाई सरस्वती पुजाको अवसर पारेर थापाले सहयोग गरेको अर्जुन भुषालले बताए । जयन्तीले दिएको रकम भवन निर्माणमा खर्च हुनेछ ।
राम्रो भवन नहुँदा पढन बालबालिकाहरु भूइमा बसेर पढिरहेको थाहाँ पाएपछि उनले सहयोग गरेकी हुन । सामाजिक संजालबाट बालबालिका पढने बाल शिक्षा सदनको दुरावस्था देखिपछि सहयोग गरेको थापाले बताइन ।
अमेरिकामा रहेर पनि उनले दुखमा परेका नेपालीलाई सहयोग गदै आएकी छन् । सानैदेखि समाजसेवामा सक्रिय उनले महिनामा झण्डै एक लाख रुपैया सामाजिक कार्यमा खर्च गदै आएकी छन् । उनले कर्णाली प्रदेशका विभिन्न विद्यालयमा २० जना विपन्न तथा असहाय बालबालिकालाई पढाई रहेकी छन् ।
राराखबर । २०७५, २७ माघ आईतवार