बद्री पन्त
जाजरकोट २७, फागुन
जाजरकोट सदरमुकाम खलंगामा आइतबार देखि ३ दिने वृहत निशुल्क स्वास्थ्य शिविर सन्चालन भएको छ । तिन दिनसम्म सन्चालन हुनु शिवीरमा ३ हजार बढी विरामीको उपचार गर्ने लक्ष्य रहेको आयोजकले जनाएका छन ।
२०७२ सालको महाभुकम्प पछि नेपाली डाक्टरहरुको पहलमा स्थापना भएको सँस्था एक एक पाइला काठमाडौंमा को मुख्य आयोजना तथा भेरी नगरपालिका, पहाडी क्षेत्र विकास अभियान र नेपाल रेडक्रस सोसाइटी जाजरकोटको सह आयोजनामा जाजरकोट अस्पतालमा निशुल्क शिविर सन्चालन भएको छ ।
शिविरका लागि एकएक पाइलाको ५३ लाख, पहाडी क्षेत्र विकास अभियानको २ लाख ५० हजार, नेपाल रेडक्रेस अन्तरगत सुर्खेत आँखा अस्पतालको ३ लाख ५० हजार अन्य सस्थाले पनि एक लाख वढीको लगानी गर्ने पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदिपजंग शाहले वताउनु भएको छ ।
जाजरकोट रुकुम सल्यान जिल्लाका सर्वसाधारणहरुलाई लक्षित गरि शिविर आयोजना गरिएको हो । शिविरमा स्थानीय जनतालाइ जनरल मेडिसीन, सामान्य सल्यक्रिया, नाक कान घाँटीको विशेषज्ञ सेवा, आँखा रोग विशेषज्ञ सेवा, वालरोग विशेषज्ञ सेवा, हाडजोर्नीको विशेषज्ञ सेवा, रेडियोलोजी विशेषज्ञ सेवा, छालारोग, स्त्रीरोग, दन्त रोगको विशेषज्ञ सेवा, रगत परीक्षण, एचआइभी, एड्स, एचवीएसएजी, एचसी परीक्षण लगाएतका सेवा तथा परामर्ष सेवा निशुल्क रुपमा प्रदान गरिने छ ।
सस्थाले विभिन्न विपतमा परेका र दुर्गम वस्तीका सर्वसाधारणहरुलाइ सहयोग गर्न यस्ता शिविरहरु सन्चालन गर्ने गरेको एक एक पाइला काठमाडौंका महासचिव प्रभाकर थापाले जानकारी दिनु भयो । शिविरमा उपचार हुन नसक्ने गम्भीर प्रकृतिका विरामीहरुलाइ काठमाडौं रिफर गरिने र उनीहरुको निशुल्क उपचार महाँसचिब थापाले बताउनु भयो । पहिलो दिन ५ सय विरामीको स्वाथ्य परिक्षण गरिएको छ ।
राराखबर । २०७५, २७ फाल्गुन सोमबार