जाजरकोटमा जयन्ती कप महिला भलिवल

बद्री पन्त
जाजरकोट २९, चैत
अमेरीकामा वस्ने नेपाली युवा समाजसेवी जयन्ती थापाको सहयोगमा जाजरकोटमा जयन्ती कप खुला महिला भलिवल प्रतियोगिता शुक्रवार देखि सुरु भएको छ । जयन्तीको ५० हजार नगद सहयोग लिएर कुशेमालिका अनलाइनको सहकार्यमा स्थानीय जयचन्द्र मिडिया ग्रुप प्रालि जाजरकोटले जयन्ती कप खुला भलिवल प्रतियोगिाको आयोजना गरेको हो ।
शुक्रवार देखि आइतवार अर्थात वैशाख १ गते सम्म जाजरकोट खलंगाको थाप्लेचौरमा सन्चालन हुने हुने उक्त भलिवल प्रतियोगिताको राष्ट्रिय सभाका सदस्य भैरव सुन्दर श्रेष्ठ र जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले संयुक्त रुपमा उद्घाटन गरे ।
जयचन्द्र मिडिया ग्रुप प्रालि जाजरकोटका सन्चालक जनक केसीको अध्यक्षतामा सन्चालन भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय सभाका साँसद श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख मनवहादुर रावल, कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेत, भेरी नगरपालिकाका उपमेयर भावना भन्डारी, शसस्त्र प्रहरी वल जाजरकोटका प्रमुख सन्तोष सिंह, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष वीरवहादुर गिरी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरवहादुर वस्नेत, जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला वस्नेत, निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन जाजरकोटका अध्यक्ष वीरवहादुर चन्द लगाएतका जनप्रतिनिधिहरु,सरकारी कर्मचारीहरु, पत्रकारहरु,सुरक्षा निकायका प्रमुखहरु, सर्वसाधारण, विद्यार्थी र खेलाडीहरुको उपस्थिति रहेको थियो ।


जिल्लाका ५० भन्दा वढी महिला खेलाडीहरु सहभागी रहेको उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा वोल्दै राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले जाजरकोट जिल्लाका महिला खेलाडीहरुको क्षमता विकास र उनीहरुलाइ खेलको अवसर प्रदान गर्नका लागि समाजसेवी जयन्तीले गरेको सहयोग निकै महत्वपुर्ण रहेको वताए ।
उनले विदेशमा वसेर पनि नेपाली माटो र जनता प्रति गहिरो माया देखाउने युवा समाजसेवी जयन्ती सवैको प्रेरणाकी श्रोत रहेको वताए । गरिव, विपन्न, र विपतमा परेका नागरिकहरुको सहयोगका लागि जयन्तीले पुरयाएको योगदान सवैका लागि उदाहरणीय कार्य हो , राष्ट्रिय सभा सदस्य श्रेष्ठले भने ।
यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले आफुले कमाएको पैसाले दीनदुखीहरुको सेवा गर्ने र विपतमा परेकाहरुको आँसु पुछ्न अग्रसर हुने जयन्ती सवैको लागि आदरणीय र उदाहरणीय भएको वताए ।
जयन्तीले जाजरकोटी महिलाहरुका लागि भलिवल खेल आयोजनामा सहयोग गरेर राम्रो काम गरेको प्रजिअ वस्नेतले वताए । विदेशमा वसेर पनि नेपालको लागि केहि गर्छु भनेर लागि परेकी जयन्तीको समाजसेवी व्यवहार सवैको लागि सिको गर्न लायक रहेको वस्नेतले वताए । कार्यक्रममा जयन्तीका वुवा धर्मजंग थापाले छोरी जयन्तीले अरुको हितमा काम गरेको देखेर आफुलाइ निकै गर्वको महसुस हुने गरेको वताए ।
छोरीलाइ डाक्टर वनाएर जनताको सेवक वनाउने आफनो चहाना रहेको तर अहिले छोरीले झन राम्रो र असल काम गरेकोले जयन्तीको वुवा हुनुमा निकै सन्तुष्टी र खुसी मिलेको थापाले वताए । आज मेरी छोरी जयन्तीले जे गरेकी छिन् त्यो कामले उनको वुवा हुनुमा मैले निकै हर्षको अनुभव गरेको छु, थापाले भने । कार्यक्रममा जयचन्द्र मिडिया ग्रुप प्रालिका सन्चालक जनक केसीले आफनो व्यक्तिगत खर्चमा दीनदुखीहरुको सेवा गर्ने जयन्ती उदहरणीय नेपाली युवा भएको वताए ।
उनले जयन्तीले भलिवल प्रतियोगिता सन्चालनको लागि गरेको सहयोग जाजरकोटका लागि मात्र नभएर कर्णाली क्षेत्रकै लागि महत्वपुर्ण रहेको वताए । उद्घाटन कार्यक्रममा जिल्लामा महिलाहरुलाइ लक्षित गरेर आयोजना गरिएको खुला भलिवल प्रतियोगिताले महिला खेलाडीहरुको पहिचानमा ठुलो मदत पुगेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरवहादुर वस्नेतले वताए । उनले नियमित रुपमा खेलकुद प्रतियोगिताहरु हुदा मात्र खेलाडीले आफनो खेल विकास गर्न सक्ने र उनीहरुको पहिचान गर्न सकिने वताए । उक्त भलिवल प्रतियोगितामा प्रथम हुनेलाइ १५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाइ १० हजार नगद, मेडल र प्रमाणपत्र र तृतीय हुनेलाइ ५ हजार नगद मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।
जयन्ती कप खुला महिला भलिवलको पहिलो दिनको पहिलो खेलमा त्रिभुवन मावि छात्रावासले विजय मावि काफल चौरलाइ हराएको छ भने दोस्रो खेलमा कुशेमालिका अनलाइनले शिव व्यावसायिक मावि कालेगाउँलाइ हराएको छ । यस्तै तेस्रो खेलमा त्रिभुवन मावि खलंगाले त्रिभुवन मावि छात्रावासलाइ हराएको छ । लिक कम नकाउट प्रक्रियावाट खेलाइएको उक्त प्रतियोगितामा सवै समुहले सवै संग प्रतिष्पर्धा गर्नु पर्ने रेफ्री अमिृत मल्लले वताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया