एसओएसको सहयोगमा हजार महिला आत्मनिर्भर

सुर्खेत, ८ श्रावन ।
एसओएस सामाजिक केन्द्र सुर्खेतले एलक, विपन्न महिला तथा एसओएसबाट सेवा सुबिधा पाइरहेका बालबालिकाका आमाहरुलाई सिलाई कटाई तालिम दिएको छ ।
३२ महिलालाई ६ महिने निशुल्क सिलाई कटाई तालिम दिएको केन्द्रले बताएको छ ।  एसओएस सामाजिक केन्द्र सुर्खेतका प्रमुख श्याम क्षेत्रीले बिगत २५ वर्षदेखि संचालित ६ महिने सिलाई कटाई तालिमले धेरै महिलालाई आत्मनिर्भर बनाउन सघाएको बताए ।


२५ बर्षको अवधिमा एक हजार एकल, विपन्न महिलालाई तालिम दिएको उल्लेख गदै उनले तालिम लिएका अधिकाश महिलाहरुले सिलाई कटाई व्यवसाय संचालन गरिरहेको जनाए ।


तलिम समापन कार्यक्रममा प्रमुख क्षेत्रीले तालिममा सहभागी भएका महिलाहरुलाई आफुले सिकेको ज्ञान र सीपलाई जीवन बदल्न साधन बनाउन आग्रह गरे ।
उनले राम्रो व्यवसाय संचालन गर्ने महिलाहरुलाई निकट भबिष्यमा व्यवसाय बिस्तार गर्नका लागि एसओएसले सहयोग गर्ने समेत उल्लेख गरे ।


कार्यक्रममा तालिम प्रशिक्षक गगन नेपालीले तालिम लिएर व्यवसायमा जुटन आग्रह गरे । तालिमकी प्रशिक्षार्थी निमा बि.कले आर्थिक अभावले पुरा हुन नसकेको सपना एसओएसले पुरा गरेको भन्दै आभार व्यक्त गरिन ।


तालिममा नियमित आउने प्रशिक्षार्थी शर्मिला देबकोटा र अम्बिका गौतमलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा एसओएस हर्मन माइनर बिद्यालयका प्राचार्य जगदिश ढकाल, एसओएस सामाजिक केन्द्रका लेखापाल बिदुर बाग्लेलगायतको सहभागीता रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया