कर्णाली प्रदेश सरकारले भारतबाट फर्किएका ५७ जना व्यक्तिलाई उद्दार गरी क्वारेन्टाइन राखेको छ । ५३ जना वयस्क र ४ जना बालबालिका रहेको प्रहरीले जनाएको छ ।
भारतबाट आउँदै गर्दा नेपालगंजमा अलपत्र परेका उनीहरुको स्वास्थ्य जाँच गरी क्वारेन्टाइन राखिएको सुर्खेतका प्रहरी प्रमुख एसपी डिल्लीराज पन्तले बताए । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाईने छ । उद्धार गरिएकाहरु सुर्खेत, कालिकोट, दैलेख, जाजरकोट जिल्लाबासी छन् ।
राराखबर । २०७६, १२ चैत्र बुधबार