सेभ द चिल्ड्रेनले कर्णाली प्रदेश सरकारलाई कोरोना भाईरसको संक्रमण रोक्न सघाउने उद्देश्यले अहिलेसम्म ५७ लाखको स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ ।
शुक्रवार एक कार्यक्रमका वीच प्रदेश सरकारलाई ८८० सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगायतका सामाग्री सहयोग गरेको हो ।

अन्य अत्यावश्यक स्वास्थ्य सामग्री ३७० थान डिस्पोजेवलएप्रोन, ३६२ थान एन ९५ मास्क, ३३ थान आईआर थर्मामिटर, १७५ जार हस्पीटल ग्रेड डिसईन्फेक्टेन्ट ५लीटर, ७६ थान स्प्रे कन्टेनर, १०० थानबायोहजार्ड ब्याग, १९० थानप्रोटेक्टीभ गगल्स, र ४५५ थानकोभिड पोष्टर प्रदान गरिएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री दल बहादुर रावलले अप्ठ्यारो समयमा सेभ द चिल्ड्रेनबाट भएको सहयोगको लागि प्रदेश सरकारको तर्फबाट धरै धन्यवाद दिए ।
प्रदेश स्वास्थ्य निर्देशक रीता भण्डारी जोशीले कोभिड बिरुद्ध एकसाथ लड्नको लागि पाएको साथ र सहयोग अत्यन्तै प्रसंसनिय रहेको बताइन् ।
सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक अरुणकान्त पौडेलले मध्य तथा सुदुरपश्चिम फिल्ड कार्यालयमार्फत अस्पताल, स्वास्थ्य संस्था तथा क्वारेन्टाइन व्यवस्थापनका लागि अत्यावश्यक पर्ने सामग्री सहयोग गरेको बताए ।
सेभ द चिल्ड्रेनले यसअघि ८ लाख रुपैयाको सहयोग गरेको जनाएको छ ।
राराखबर । २०७७, २ जेष्ठ शुक्रबार