बालबालिकाको क्षेत्रमा सक्रिय अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले नवजीवन बाल संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ ।
लकडाउनको कारण खाद्यान्न अभाव झेलिरहेको संरक्षण केन्द्रलाई १२ बोरा चामल, एक–एक बोरा दाल, सोयाविन, प्याज, आलु, एक पेटी तेल, चाउचाउका साथै साबुन, सेनिटाइजरजस्ता सरसफाईका सामाग्री पनि दिएको प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले बताए ।

उनले बालबालिकालाई केही खेलकुद र शैक्षिक सामाग्री पनि प्रदान गरिएको उल्लेख गरे । मंगलबार एक कार्यक्रमका वीच केन्द्रका संचालक श्रीस लोमन गुरुङलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
उक्त सामाग्रीको व्यवस्थापन फाउन्डेसनका आजीवन सदस्य समेत रहेका एसओएस हर्मन माइनर विद्यालयका प्राचार्य जगदीश ढकाल, सहप्राचार्य हरिहर बस्नेत, प्रदिप पन्त र नारायण बरालले गरेका थिए । खाधान्न सामाग्री बुझ्दै अध्यक्ष गुरुङले संकटको प्रतिष्ठानले गरेको सहयोग अतुलनिय रहेको बताए ।

बाल संरक्षण केन्द्रमा अहिले ४१ जनाअभिभावकविहिन बालबालिका र ९ जना स्याहारकर्ताहरु छन् ।सहयोग हस्तान्तरण गर्दै फाउन्डेसनका अध्यक्ष शाहीले कोभिड १९ को चुनौतिबाट उत्पन्न समस्यालाई मिलेर समाधान गर्नुपर्ने बताए ।
उनले अरु संघसंस्थालाई पनि उक्त संरक्षण केन्द्रलाई सक्दो सहयोग पनि अपिल गरेका छन् । आफुबाचौ र अरुलाई बाच्ने अवसर प्रदान गरौ भन्ने मूल सिद्धान्तमा आधारितरही स्थापना गरिएको अनमोल फाउन्डेसनले विगत लामो समयदेखि कर्णाली प्रदेशमा बाल संरक्षण केद्रित विभिन्न कामहरु गरिरहेको छ ।
राराखबर । २०७७, ६ जेष्ठ मंगलवार