बर्षौदेखि अर्काको घरमा बास

पदम केसि

जाजरकोट

एक दशक देखि आफ्नो घर नहुदा नलगाड नगरपालिका -४, कोठिगाउका जित बहादुर रावलको दिन हिजो आज अर्काको घरमा बित्दै आएको छ।

रावल ५ वर्ष नेपालमा अर्काको घरमा बस्दै आएको र ५ वर्ष भारतको कालापाड बस्दै आएको गुणासो गर्छ्न। उनको अहिले पनि घर छैन।

रावल भन्छ्न, अर्काको घरमा बस्दा छिछी र दुरदुर गर्छ्न, नभएको आरोप लगाउछ्न। रावललाइ सबैले घृणा गर्छ्न , माया गर्ने हरुले पनि अहिले घृणा गर्न थालेको पुतला रावल बताउछिन।

पुतलाका अनुसार हाल जित बहादुर रावलको परिवार केशरी रावलको घरमा बस्दै आएको  छ।

आफ्नो घर एक दशक देखि नहुदा भारतको कालापाडमा निकै नै दुख झेल्नु परेको रावल बताउछ। रावल भन्छ्न, आफू बृद्र भैसक्दा कुनैकाम गर्न नसकिएकोले एक दशक बित्दा पनि घर निर्माण गर्न सकेको छैन।

रावलका एक छोरा र एक छोरी छ्न।

आफू वृद्ध भैसकेकाले छोरा छोरिलाइ कसरी पढाउने हो भन्ने चिन्ता लाग्न थालेको रावल बताउछ्न।

उनि भन्छ्न, अहिले सम्म समाजमा रहेका अगुवा व्यक्तिहरुको सहयोग पाएको थिए। आफू वृद्ध हुँदै जादा कसैले पनि सहयोगको लागि वास्ता नगर्ने गरेको रावलको गुनासो छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया