बीरेन्द्रनगरको शिक्षा क्षेत्रमा फड्को : वृत्ति मार्ग दर्शन कार्यक्रम प्रभावकारी

सुर्खेत
सुर्खेत बीरेन्द्रनगर नगरपालिकाका २३ वटै सामुदायिक माध्यामिक विद्यालयमा विद्यालय वृत्ति मार्ग दर्शन कार्यक्रम संचालन गरिएको छ । यो कार्यक्रमले विद्यार्थीको रुची, खुबी र परिवारको आर्थिक अवस्था पहिचान गरेर आफ्नो लक्ष्य निर्धारण गर्न सघाउँछ ।

तालिमपछि करिअर गाईड टिचर

दुई बर्षअघि दुई वटा र गतबर्ष दुई वटा माविमा संचालन गरिएको कार्यक्रम यसपाली वाकी १९ वटा माध्यामिक विद्यालय पनि संचालन गरिएको नगर शिक्षा प्रमुख ललितविक्रम सिंहले बताए ।
उनले भने, दुई वर्षअघि जनसेवा मावि घुस्रा र शिव मावि लाटिकोइलीबाट सुरु भएको कार्यक्रम निकै प्रभावकारी देखिएपछि सबै माविमा लागू गरिएको हो । कक्षा ९ मा पढ्ने विद्यार्थीलाई उसको रुची, खुबी र आर्थिक अवस्था पहिचान गरेर कुन विषय पढ्ने भन्ने काउन्सिलिङ गर्ने गरिएको पनि उनले बताए ।

विद्यालय वृत्ति मार्ग दर्शन कार्यक्रम सम्वन्धी जानकारी दिदै नगर शिक्षा प्रमुख उपसचिव ललितविक्रम सिंह ।

सिंह भन्छिन, काउन्सिलिङपछि विद्यार्थी के पढ्ने भनेर रुमलिदैन् बरु आफ्नो रुचीको विषय पढ्नलाई बाटो खुल्छ । वृत्ति मार्ग दर्शन कार्यक्रमबाट नगर क्षेत्रभित्र कक्षा ९ मा अध्ययनरत २३०० विद्यार्थी लाभान्वित हुनेछन् ।
उपसचिव सिंहले यो कार्यक्रमलाई देशभरका विद्यालयमा लागु गर्न सकियो भने कुनै पनि विद्यार्थी पढेर बेरोजगार नबस्ने दावी समेत गर्छन । तालिम प्राप्त करिअर गाईड टिचरले विद्यार्थीको रुची, खुबी र परिवारको आर्थिक अवस्था पहिचान गरी विद्यार्थीको लक्ष्य निर्धारण गर्न सघाउछन् ।

करिअर गाईड टिचरलाई तालिम दिदै

पहिलो र दोस्रो बर्ष वृत्ति मार्ग दर्शन कार्यक्रम संचालन गरिएका विद्यालयमा यो कार्यक्रम रामो देखिएपछि अरु विद्यालयमा विस्तार गरिएको नगरपालिकाले दावी गरेको छ ।
सवै माध्यामिक विद्यालयमा वृत्ति मार्ग दर्शन कार्यक्रम लागू गर्ने बीरेन्द्रनगर नगरपपालिकाले देशकै पहिलो नगरपालिका पनि हो । हेल्भेटासको इन्स्योर प्रोजेक्टको सहयोगमा यो कार्यक्रम संचालन गरिएको बताएको छ ।

विद्यालय वृत्ति मार्ग दर्शन कार्यक्रम सम्वन्धी जानकारी दिदै नगर शिक्षा प्रमुख उपसचिव ललितविक्रम सिंह ।

विद्यार्थीको रुची, खुबी र परिवारको आर्थिक अवस्था एकातिर र विद्यार्थी अकैतिर पढन थालेपछि उसले प्रगति गर्न नसक्ने बताएको छ । त्यसैले अन्धाधुन्द पढ्ने प्रवृत्तिको अन्त्य गदै विद्यार्थीलाई सही मार्गमा हिडाउनका लागि वृत्ति मार्ग दर्शन कार्यक्रम कोशे ढुंगा हुने अपेक्षा लिइएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया