ओलीलाई आर्थिक सहयोग

सुर्खेत
करेन्ट लागेर हातगुट्टा गुमाएका गुर्भाकोट नगरपालिका मेहेलकुनाका बोक्चो ओलीलाई युवा अभियन्ताहरुले आर्थिक सहयोग गरेका छन् । पत्रकार पदम केसी र युवा अभियन्ता मिलन विसीको पहल र अगुवाईमा संकलन गरिएको १६,१६० रुपैया घरमै गएर ओलीलाई हस्तान्तरण गरिएको हो ।
उनको लागि पुर्ण सेजुवालले २०००, ,मिलन बिसीले २०००, कबिराज नेपालीले १६१०, धनबहादुर नेपालीले ४००, देबनारायण शर्माले २५००, लक्ष्मी कँडेलले १०००, पदम केसीले ११५०, बिष्णु महरले १०१०, खडक प्रसाद न्यौपानेले १५००, टोपबहादुर महताराले १०००, दिलमाया थापाले १०००, निर्मला शाहीले १००० हजार रुपैया सहयोग गरेका थिए ।


आर्थिक रुपमा बिपन्न र हातखुट्टा गुमाएका उनी अहिले छोराको साहारामा जीवनयापन गर्दै आएको पत्रकार केसीले बताए ।
उनलाई युवा समाजसेबी मिलन बिसी, पदम केसी, दिलमाया थापा, देबनारायण शर्मा लगाएतको टिमले घरमै गएर उक्त पैसा प्रदान गरेका थिए ।
उनीहरुले यस अघि पनि थुप्रै दुखी पीडितहरुलाई सहयोग गर्दै आएका छन। पैसा पाए पछि ओलीले धन्यवाद दिएका छन् ।
हुल्चिएर बिग्रेको गुनासो सुनाए पछि युवाहरुले आगामी दिनमा हुल्चिएरका लागि पहल गर्ने प्रतिबद्धता जनाएको बताएको छ ।
करेन्ट लागेर हातगुट्टा गुमाएपछि ओलीलाई जीवन धान्न निकै समस्या भएको सम्वन्धी समाचार यसअघि राराखवर डटकमले प्रकाशित गरेको थियो ।
उक्त समाचारपछि युवाहरुले उनको लागि सहयोग जुटाउन थालेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया