नलगाडको ठुलोबगरका वालवालिकाको निशुल्क स्वास्थ्य उपचार

जाजरकोट
जाजरकोटको एक दुर्गम वस्तीका वालबालिबाकाको लागि निशुल्क स्वास्थ्य शिविर गरिएको छ । नलगाड नगरपालिकाका–१, ठुलोबगर बस्तीका वालबालिबाको लागि निशुल्क स्वास्थ्य शिविर गरिएको हो ।


स्थानीयबासीको समुन्वय, बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तको पहल र सामाजिक अभियन्ता तथा बालरोग विशेषज्ञ डा. नवराज केसीको सहयोगमा शिविर भएको हो । शिविर करिव ६५ जना जति बालबालिकाहरुको स्वास्थ्य चेकजाँच गरी औषधी दिइएको छ ।


वस्तीका अधिकाश वालबालिकामा चाडोमा देखिन रुघाखोकी, दमजस्ता स्वास्थ्य समस्या धेरै देखिएको डा. केसीले बताए । उनले भने, केही बालबालिकाहरुमा मुटुको समस्या पनि देखिएको छ ।


मुटुको समस्या देखिएका त्यस्ता बालबालिकाहरुलाई थप उपचारको लागि सुर्खेत वोलाएको पत्रकार पन्तले बताए ।

जाडो सिजनसुरुसँगै ठुलोबगरका बालबालिकामा स्वास्थ्य समस्या देखिएको थाहाँ पाएपछि पत्रकार पन्तले बालबालिकाको उपचारमा सहयोग गरिदिन डा. केसीलाई आग्रह गरेको थिए ।


त्यसपछि डा. केसी झोलामा आफै औषधी वोकेर तुइनको जोखिमपूर्ण यात्रा पार गदै ठुलोवगरमा गएर बालबालिकाको उपचार गरेका थिए । उनीसँगै पत्रकार पन्त, ग्यालेक्सी टेलिभिजनका जाजरकोट संम्वाददाता पदम केसी र कान्तिपुर टेलिभिजनका संम्वाददाता सरोज ओली पनि पुगेका थिए ।


उपचारपछि बालबालिकाहरुमा देखिएको स्वास्थ्य समस्या अन्त्य भएको स्थानीय समाजसेवी ज्ञानबहादुर घर्तीले बताए । शिविर संचालनको लागि स्थानीय समाजसेवी परिमल राना, ज्ञानबहादुर घर्ती, धर्मराज राना, वीरबहादुर पुन, डिलबहादुर पुन, कमल पुन, नवीन पुन आवश्यक, सहयोग, साथ र समुन्य गरेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया