निर्मला पन्तलाई न्यायको माग गर्दै सुर्खेतमा विप्लवको प्रर्दशन

सुर्खेत, १६ मंसिर ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुर्खेतमा प्रर्दशन गरेको छ । चार महिनासम्म पनि निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनीहरुले बीरेन्द्रनगरमा सरकार विरुद्ध प्रदर्शन गरेका हुन ।


मंगलगढी चोकबाट सुरु भएको विरोध र्याली नेताचोक, बुद्धपथ, लक्ष्मी चलचित्र हल, हटिया, गोदामलाईनहुदै बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।


कोणसभामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा दलित जनजाति विभाग प्रमुख धनबहादुर नेपालीले निर्मलाको हत्यामा सलग्नलाई पक्राउ गरी सार्वजनिक गर्न माग गरे ।
उनले निर्मलाका हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप पनि लगाए ।


यस्तै अखिल अखिल नेपाल महिला संगठनका केन्द्रीय सदस्य गोमा ओली, सुर्खेतका इन्चार्ज धुव्र्र बोगटी, पार्टी सेक्रेटरी यामराज खड्कालगायतले दोषीलाई सरकारले कारवाही नगरे पार्टीले कारवाही गर्ने चेतावनी दिएका छन । कोणसभाको संचालन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष कमल बुढाले गरेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया