सुर्खेत
प्रदेश सभा सदस्य राजीवविक्रम शाहले भ्रष्टाचारका विरुद्ध सदनमा शसक्त आवाज उठाउने उद्घोष गरेका छन् । प्रदेश सभा सदस्यको सपथ लिए लगत्तै सामाजिक संजाल फेसवुक मार्फत उनले भनेका छन्, म भ्रष्टाचार गर्ने छैन र त्यसका विरुद्ध सदनमा आवाज उठाउने छु ।
उनले एउटा असल सांसद भएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने पनि बताएका छन् ।
भ्रष्टाचारसहित गरिबी, बेरोजगारी, अशिक्षा र कुपोषण जस्ता समस्याबाट ग्रस्त कर्णालीका जनतालाई सुखी, उन्नत र समृद्ध जीवन जिउने कुराको लागि पनि आवाज उठाउने छन् ।
काँग्रेस केन्द्रीय सदस्य समेत रहेका शाहले पार्टीले अंगिकार गरेको राजनैतिक विचार र घोषणापत्रलाई लागु गर्न र गराउन आवश्यक पहल गर्ने समेत प्रतिवद्धता गरेका छन् ।

प्रदेश सभा सदस्य राजीवविक्रम शाह
इमानदार र स्वच्छ छवि भएका नेताको रुपमा चिनिदै आएका उनले जनता र सरकारवीचको पुलको रूपमा प्रदेश सभामा प्रस्तुत हुने बताएका छन् ।
प्रदेशसभा कर्णालीका जनताको भावना र आकांक्षालाई राख्ने पवित्र थलो भएको भन्दै शाहले कर्णालीको दिगो र तिब्र बिकासको लागि सरकारलाई सहयोग र सहजीकरण समेत गर्नेछन ।
रचनात्मक सल्लाह सुझाव दिएर आफुलाई सधैँ झक्झक्याइरहन आग्रह गदै शाहले कर्णालीका जनताको लागि आफ्नो ढोका सदैव खुल्ला रहने समेत उल्लेख गरेका छन् ।
जाजरकोटका जनताको साथ, सहयोग र समर्थनका कारण आफु सासद भएको भन्दै उनले जाजरकोटबासीप्रति आभार व्यक्त गरेका छन् ।
सेतो दौडा सुरुवाल र कोटमा सजिएका प्रदेश सभा सदस्य शाह छोरीहरुसहित सपथको लागि प्रदेश सभा गएका थिए । शपथ लिदै गर्दा निलो चस्मा, फ्रेन्चकट दाह्री र धक्र्रे टोपीमा निकै आर्कषक देखिएका थिए ।
राराखबर । २०७९, १२ पुष मंगलवार