भुकम्प प्रभावित घरंगाका विद्यार्थीलाई न्यानो कपडा

विष्णु रावल जाजरकोट
भुकम्प प्रभावित नलगाड नगरपालिका -९, घरंगास्थीत महादेव प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरिएको छ । त्रिभूवन विश्वविद्यालयमा कार्यरत डा.दीपा पौड्यालसहितका प्रध्यापकहरुले १६० जना विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका हुन ।


न्यानो कपडाको लागि आवश्यक पहल र समन्वय गरेका बीबीसीमा कार्यरत संचारकर्मी प्रकाश पन्तले शुक्रवार विद्यालयमै पुगेर विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरेका छन् ।


कपडा हस्तान्तरण कार्यक्रममा उनले संकटको वेला साथ र सहयोग गर्ने सहयोगीदाताहरु र उहाँहरुसँग सम्वन्ध जोडन सहयोग गर्ने सामाजिक अभियन्ता डा. नवराज केसीप्रति आभार व्यक्त गरे ।


सहयोग सामाग्रीले विद्यार्थीलाई पढ्नको लागि उत्साह थप्ने विस्वास गदै उनले आफ्ना बालबालिकाको लागि सक्दो लगानी गर्न अभिभावकहरुलाई आग्रह समेत गरे ।


स्थानीय समाजसेवी हरिबहादुर सिंहले आफ्नो गाउँको विद्यालयमा अध्ययनरत बालबालिकाको लागि न्यानो कपडा व्यवस्था गर्न पहल गरेकोका खुशी व्यक्त गरेका छन् ।


यस्तै वडा सदस्य विमला कुमारी सिंहल सहयोगदाता र पहलकर्ता सवैलाई धन्यवाद दिएकी छन् । विद्यालयका प्रधानाध्यापक दुखको वेला साथ दिने सवैलाई विद्यालयले सधैँ स्मरण गरिरहने बताए ।


कार्यक्रममा विद्यार्थीका साथै अभिभावक, समाजसेवी व्यक्तित्वहरु, गाउँका अगुवालगायतका सहभागीता रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया