सुर्खेत
प्रदेश अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. केशर ढकालले उत्कृष्ट स्वास्थ्य सेवा पुृरस्कार पाउनु भएको छ ।
स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यका लागि उत्कृष्ट गरेका उनले ५० हजार राशीको पुरस्कार पाएका छन् ।
स्त्री तथा प्रसुति रोग विशेषज्ञका रुपमा डा. ढकालले विगत २५ वर्षदेखि कर्णाली प्रदेशमा सेवा दिँदै आएका छन् । झण्डै चार दशकदेखि स्वास्थ्य सेवामा सक्रिय उनले हजारै महिला र बच्चाको ज्यान जोगाएका छन् ।
उनलाई स्वास्थ्य तथा जनसख्या मन्त्री मोहनबहादुर बस्नेतले नगरपुरस्कार सहित सम्मानित गरेका हुन । उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार हासिल गरेका डा. ढकालले पुरस्कारले थप हौसला मिलेको बताए ।
राराखबर । २०८०, १५ फाल्गुन मंगलवार