एमाले सुर्खेतको अध्यक्षमा कुलमणी देवकोटा निर्वाचित

सुर्खेत
नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणी देवकोटा बिजयी भएका छन् । आफ्ना निकत्तम प्रतिद्धन्द्धी अमृतकुमार विसीलाई भारी मतान्तरले पराजीत गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन ।
एमालेका सुर्खेतको नवौं अधिवेसनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि देवकोटा र विसी प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उर्तिएका थिए ।
पदाधिकारी सबै पदमा पनि देवकोटाको प्यानल विजयी भएको छ ।
उपाध्यक्षमा मोहनसिहं बढुवाल, सचिबमा डम्बर तिवारी , उपसचिबमा टिकाराम सोमै र महिला उपसचिबमा शुशिला बिश्वकर्मा निर्वाचित भएका हुन ।

जम्मा खसेको ४८६ मतमध्ये देवकोटाले ३५१ मत ल्याएका छन्। पराजित भएका बिसीले १३२ मत ल्याए।

उपाध्यक्षमा बडुवालले ३४६ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी ताराकेशर गौतमले १३० मत ल्याए। सचिवमा डम्बरप्रसाद तिवारीले २९१ मत ल्याए भने उनका प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले १८९ मत ल्याए।

खुलातर्फको उपसचिवमा सोमैले हरिप्रसाद अधिकारीलाई पराजित गरेका हुन्। सोमैले ३२४ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी अधिकारीले १४३ मत ल्याएका छन्।

महिला उपसचिवमा सुशीला विश्वकर्माले ३३५ मत पाएर निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्द्वी तृप्ती विकले १३३ मत पाएकी  हुन्। सदस्यहरुको भने मतगणना जारी छ। सोमबार नै मतगणना सकिने उपाध्यक्ष मोहन बडुवालले जानकारी दिए।

को हुन देवकोटा

अध्यक्षमा निर्वाचित कुलमणि देवकोटा  यसअघि जिल्ला कमिटीमा उपाध्यक्ष थिए।  २०४७ सालबाट देवकोटाले  अनेरास्ववियु छैटौंबाट राजनीतिक यात्रा सुरु गरेका थिए। २०५४ सालको स्थानीय निकाय चुनावमा  साविक जर्बुटा गाविस–१ को वडाध्यक्ष निर्वाचित भएका थिए।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता  संस्थाको दुई कार्यकाल नेतृत्व गरेका उनी अहिले उनी खानेपानी महासंघको पनि केन्द्रीय उपाध्यक्ष हुन्।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया