यसपाली कर्णालीका ३५ हजार विद्यार्थीले एसइई दिदै

दिपेन्द्र शर्मा
सुर्खेत
यही चैत १५ देखि सुरु हुने यस बर्षको एसइईको परिक्षामा कर्णाली प्रदेशका करिव ३५ हजार विद्यार्थी सहभागी हुदैछन् ।
प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार साधारण तर्फ ३३ हजार ८४२ जना र प्राविधिक तर्फ १ हजार १४० जना गरि ३४हजार ९८२ जनाले एसइईको परिक्षा दिदैछन् ।
यसपाली रूकुम पश्चिमका ३५६६ जना, सल्यानका ४५४५ जना हुम्लाका ११९३ जना, मुगुमा १०८२ जनाले एसइईको परिक्षा दिन लागेका छन् ।
यस्तै डोल्पाका ७३३ जना, कालिकोटका ३६७३ जना, जुम्लाका २५२७ जना, जाजरकोटमा २५०२ जना, दैलेखमा साधारण तर्फ ४९०४ जना र सुर्खेतमा ८०६२ जना रहेको निर्देशनालयले जनाएको छ ।
कर्णालीका दश वटै जिल्लामा १८६ वटा परिक्षा केन्द्र रहेका छन् ।


रूकुम पश्चिममा २३, सल्यानमा २५, हुम्लामा ६, मुगुमा ८, डोल्पामा ४, कालिकोटमा २४, जुम्लामा १६, जाजरकोटमा २२, दैलेखमा २५ र सुर्खेतमा ३३ वटा परिक्षा केन्द्र रहेका छन् ।
कर्णालीका ८२६ जना विद्यार्थीले यसवर्ष ग्रेड वृद्धिको परिक्षा दिन लागेका छन् ।
परिक्षालाई मर्यादित रुपमा संचालन गर्नको लागि १८६ परिक्षा केन्द्रमा १८६ जना केन्द्राध्यक्ष, २३९ जना सहायक केन्द्राध्यक्ष र १७९२ जना निरीक्षक खटिने निर्देशनालयले जनाएको छ ।
यस्तै परिक्षामा ३५८ जना परिक्षा सहायक, ७१७ जना कार्यालय सहयोगी र २ हजार ७९० जना सुरक्षाकर्मी गरी ६ हजार ८२ जना जनशक्तिलाई खटाइने छ ।
शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालले परिक्षालाई मर्यादित र व्यवस्थीति ढंगले संचालन गर्नको लागि सक्दो सहयोग गर्न सबैसँग आग्रह गरेकी छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया