वैशाख ११ मा बीरेन्द्रनगरमा ‘कर्णाली साहित्य महोत्सव’

सुर्खेत
आगामी वैशाख ११ गते सुर्खेतको बीरेन्द्रनगरमा ‘कर्णाली साहित्य महोत्सव’ गर्न लागिएको छ ।
अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर खस भूमिमा लेखन र पठन संस्कृतिको उत्सव मनाउन लागिएको हो ।
कर्णालीमा पहिलो पटक हुन लागेको ‘कर्णाली साहित्य महोत्सव’ले कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकासमा टेवा पु¥याउने लक्ष्य राखिएको छ ।
साहित्य महोत्सवमा कर्णालीका लेखक र कर्णालीका बारेमा लेखिएका पुस्तकहरूबारे चर्चा गरिने आयोजकले बताएको छ ।
कर्णालीका प्रचुर सम्भावनाहरूको खोजी गर्ने र अवसर प्रदान गर्ने साझा मञ्चको रूपमा अवदेखि कर्णालीमा वर्षेनी बृहत् “कर्णाली साहित्य महोत्सव” को आयोजना गरिने बताएको छ ।
ज्ञानसँग जोडिएर कर्णाली घुम्ने नयाँ परम्पराको थालनी हुने विश्वास सहित साहित्य महोत्सव गर्न लागिएको यसका एकजना सुत्रधार लेखक तथा सामाजिक अभियन्ता डा. नवराज केसीले बताए ।
कर्णाली रिर्डस सोसाइटी र फ्युचर नेपालले साहित्य महोत्सव गर्न लागेका हुन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया