आगो निभाउने क्रममा डोल्पामा ४ सैनिक घाइते

डोल्पा

डोल्पाको ठूलीभेरी नगरपालिका–४ मा रहेको मष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा चार जना सैनिक घाइते भएका छन् ।

देवीदक्त गण ‘क’ का चार सैनिक घाइते भएको सेनाले जनाएको छ । घाइते सैनिकहरुको डोल्पा जिल्ला अस्पताल उपचार चलिरहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया