डोल्पा डोल्पामा डढेलो निभाउने क्रममा घाइते एकजना नेपाली सेनाका सिपाहीको उपचारका क्रममा डोल्पा अस्पतालमा मृत्यु भएको मृत्यु भएको छ । मृत्यु हुनेमा देवीदत्त गुल्मका सिपाही जुम्लाको तातोपानी गाउँपालिका – ४ का २४ वर्षीय हेमन्त रावत रहेका जिल्ला प्रहरीले जनाएको छ । ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा सोमबार दिउँसो देवीदत्त गुल्मका ४ जना सेना घाइते भएका थिए । घाइते २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको थियो भने २ जनालाई लैजान आएको हेलिकप्टर खराब मौसमका कारण उड्न नसकेपछि जिल्ला अस्पतालमा उपचार भइरहेको थियो । आइतबार दिउँसोदेखि वनमा लागेको डढेलो अत्यधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।
राराखबर । २०८०, २६ चैत्र सोमबार