1 सरुवा विरुद्ध जिल्ला शिक्षामा उजुरी ।
2 शिक्षा कार्यालयको चिठी समेत कृर्ते ।
जाजरकोट २९, पुस
जाजरकोट जिल्ला शिक्षा कार्यालयको कृर्ते कागज बनाई शिक्षकको सरुवा गरेको खुलेको छ । कार्यालयको कृर्ते कागजको आधारमा सरस्वती प्राथमिक विद्यालय बफेलगाउ, खगेनकोटका शिक्षक दिपक कुमार बुढालाई जनप्रिय प्राथमिक विद्यालय पिउली, लह“मा सरुवा गरेको हो । 
लह“ २, थाप्ला ठेगाना भै प्रावि पिउलीमा राहात अनुदान कोटामा कार्यरत शिक्षक दिपेन्द्र कुमार खड्काको मिलोमतोमा कृर्ते कागज बनेको पाइएको छ । प्रा वि पिउलीका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपबहादुर विकले शिक्षा कार्यालयमा उजुरी दिएपछि कृर्ते सरुवाको रहस्य खुलेको हो । 
खड्काले ब्यबस्थापन समितिको बैठक, सरुवा सहमती, शिक्षकको राजीनामा स्विकृती लगाएत कागजमा अध्यक्षको कृर्ते हस्त्ताक्षर गरेर पेश गरेपछि कार्यालयले गत १४ गते बुढाको प्रावि बफेलगाउबाट पिउलीमा सरुवा गरेको थियो ।
खड्का शिक्षक सेवा आयोग पश्चिमाञ्चल विकास क्षेत्रबाट मावि तृतीय श्रेणी नेपाली विषय शिक्षकमा सिफारिस भएपछि प्रावि पिउलीमा राहात अनुदान कोटा रिक्त भएको थियो ।
उक्त रिक्त पदमा शिक्षक पदपुर्तिका लागि शिक्षा कार्यालयमा अनुमती माग्न जा“दा शिक्षक सरुवा भएको पत्ता लागेको अध्यक्ष विकले बताए । 
कार्यालयमा पेश भए अनुसार गत पुस १२ गते ब्यबस्थापन समितिको बैठक नबसेको, शिक्षक दीपेन्द्र खड्काको राजीनामा स्विकृत नगरेको र सरुवा सहमति पत्र लगाएत कागजमा हस्त्ताक्षर पनि नगरेको अध्यक्ष विकले बताए । 
शिक्षक खड्काले विद्यालय ब्यबस्थापन समिति कसैलाई थाह नै नदिई कृर्ते कागज तयार गरी शिक्षक सरुवा गर्ने कार्यमा मिलोमतो गरेकोले उक्त सरुवा बदर गरी नया“ शिक्षक पद पुर्र्तिका लागि अनुमतीको माग गरेको उनले बताए । कृर्ते कागज तथा हस्त्ताक्षर गर्ने खड्कालाई आवश्यक कारबाहीको माग समेत गरेको उनले बताए ।
शिक्षा नियमावलीमा शिक्षकले चाहेको विद्यालयमा सरुवा हुन सम्बन्धित विद्यालय ब्यबस्थापन समितिको अध्यक्षको सहमती अनिवार्य चाहिने प्राब्धान रहेको छ ।
उता कार्यालयको चलानी नम्बर ९१३ “क”र मिति २०७३÷०९÷१४ गतेको निर्णयबमोजिम यस सरस्वती प्राथमिक विद्यालय खगेनकोट ४, बफेलगाउँमा प्रा.वि तृतीय श्रेणिमा कार्यरत राहात अनुदान कोटामा कार्यारत शिक्षक दिपक कुमार बुदालाई जनप्रिय प्राथमिक विद्यालय पिउली २, लहँमा सरुवा गरिएकाले यस विद्यालयमा नियमावमोजिम रमान दिई पठाईएको व्यहोरा जानकारी गरिन्छ, सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक भवानी प्रसाद शर्माले वोधार्थ जिल्ला शिक्षा कार्यालयलाई पठाएका छन् ।
सरुवा सम्बन्धि कागज कार्यालयमा पेश भएपछि कृर्ते भन्ने जानकारी नहु“दा शिक्षक बुढाको सरुवा गरेको विद्यालय निरीक्षक धनन्जय आचार्यले बताए । यस सम्बन्धि कार्यालयमा उजुरी परे पछि छानवीनको प्रकृया अघि बढेको विद्यालय निरीक्षक आचार्यले बताए । विद्यालय क्षेत्रका श्रोतब्यक्ति ज्ञानेन्द्रबहादुर सिंहलाई कृर्ते कागज सम्बन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन गरेको उनले बताए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान जानु आवश्यक छ ।
राराखबर । २०७३, २९ पुष शुक्रबार