तरकारी बेचेरै छोरा इन्जिनियर, छोरी स्टाफनर्स ! झट्ट सुन्दापत्यार लाग्दैन । जाजरकोट, भेरी नगरपालिका–११ की कालुदेवी पुनमगरले भने यही सफलता चुमेकी छन् ।
कालुदेवीले साढे तीन रोपनी जग्गामा बाह्रैमास फल्ने तरकारी लगाएकी छन् । तरकारीबाटै वार्षिक सरदर चार लाख रुपैयाँ कमाउँछिन् । थप एक रोपनी जग्गामा आँपखेती गरेकीछन् । नमूना लक्ष्मी महिला कृषक समूहमा आवद्ध उनलाई उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले सहयोग गरेको छ । यसले थप हौसला र उत्प्रेरणा मिलेको उनको भनाइ छ ।आयोजनाले टनेलमा तरकारी खेती गर्नको लागि प्लाष्टिक, ढक–तराजु दिनुका साथै सिँचाइ कूलोनिर्माण गरि दिएको छ । ‘आयोजनाको सहयोगपछि तरकारी खेतीवाट दोब्बर आम्दानी गर्न सफल भएकोछु,’उनी भन्छिन्, ‘जाँगर लगाएर कामग¥यो भने जहाँपनि फाइदा हुँदो रहेछ ।’
उनको बारीमा काउली, बन्दा, टमाटर, काँक्रा, सिमी, आलु लगायत तरकारी उब्जिन्छन् । उत्पादन भएको तरकारी बेच्नलाई समस्या पनि छैन । ग्राहकहरु घरमै तरकारी लिन आउँछन् । पहिलेजस्तो डोकोमा बोकेर घरघर जानुपर्दैन ।
कालुदेवीको सानो छँदा जागीर खाने सपनाथियो । ४९ वर्षसम्म उनको त्यो सपना त पूरा भएन, तर उनले आप्mना छोराछोरीलाई जागीरको लागि बलियो आधारशीला निर्माण गरि दिए् । ‘मैले त जागीर खान सकिन, तर छोराछोरीलाई जागीरको लागि उचित शिक्षा दिएँ,’उनले भने ।
डेढ दसक अघिसम्म कालुदेवीको परिवारलाई घरखर्च चलाउन निकै मुस्किल थियो । आर्थिक समस्या थपिँदै गएपछि उनले तरकारी खेतीमा हात हालेका हुन् । सुरुमा केही कष्ट भए पनि व्यवसायले बिस्तारै गति लियो । तरकारीकै आम्दानीबाट उनले छोराछोरीलाई राम्रो शिक्षादिएकी छन । छोरा मोतिरामलाई इन्जिनियर र छोरी कुशुमलाई स्टाफ नर्स पढाए । ‘छोराछोरी आप्mनो खट्टामा आफै उभिने भइसके, यो नै मेरो जीवनमा सबैभन्दा ठूलो उपलव्धी हो,’ उनले भनिन् ।
राराखबर । २०७५, १४ मंसिर शुक्रबार